कोहलपुर ।
कोहलपुर नगरपालिका वडा नं ५ मा बृहत सरसफाइ कार्यक्रम सम्पन्न भएको छ । ‘कोहलपुर नगर हाम्रो सहर, सफा राख्ने हामी सबैको रहर’ भन्ने मुलनाराका साथ कोहलपुर नगरपालिकाको वडा नं ५ मा बृहत सरसफाइ कार्यक्रम सम्पन्न गरिएको हो ।
हरेक महिनाको अन्तिम शनिबार कोहलपुर नगर भित्रका विभिन्न स्थानहरुमा बृहत सरसफाई कार्यक्रम आयोजना गर्ने उद्देश्यले ज्ञानोदय सामुदायिक पुस्तकालयको विशेष पहलमा कोहलपुर नगरपालिका नगर प्रहरी लगायत स्थानीय संघसंस्थाको समन्वयम कार्यक्रम गरिदै आएको छ ।

कोहलपुर नगर प्रहरी, कोहलपुर वडा नं. ५ को वडा कार्यालय, नेपालगंज मेडिकल कलेज शिक्षण अस्पताल कोहलपुर, नेपाल रेडक्रस सोसाइटी उपशाखा, कोहलपुर, ज्ञानदियो सहकारी संस्था लि., बसोवास महिला वचत तथा ऋण सहकारी संस्था लि., सामाजिक सेवा सरोकार केन्द्र, पश्चिम पर्यटन सरोकार समुह र युवा दृष्टि नेपाल लगायतका संस्थाहरुको सक्रिय सहभागिता बृहत सरसफाई भएको ज्ञानोदय सामुदायिक पुस्तकालय तथा स्रोत केन्द्र कोहलपुरका अध्यक्ष चेतकान्त भट्राईले जानकारी दिए ।

कोहलपुर टुडेमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुकमा पनि जोडिन सक्नुहुन्छ ।












प्रतिक्रिया दिनुहोस्