साझा र कौसिल्याको निशुल्क स्वास्थ्य शिविरबाट २ हजार ४ सय जना लाभान्वित

कोहलपुर ।

साझा सहकारी र कौसिल्या अस्पतालको निशुल्क स्वास्थ्य शिविरबाट १८ वडाका २ हजार ४ सय जना लाभान्वित भएका छन् ।

साझा सहकारी कोहलपुरको आयोजना तथा कौसिल्या अस्पताल प्रालि कोहलपुरको प्राविधिक सहयोगमा सञ्चालन भएको निःशुल्क स्वास्थ्य शिविरबाट कोहलपुर नगरपालिकाका १५ वटा वडा र बैजनाथ गाउँपालिकाका ३ वटा वडा २ हजार ४ सय जना लाभान्वित भएका हुन् ।

शिविरमा कौसिल्या अस्पताल प्रा.लि. कोहलपुरका विशेषज्ञ डा.एन के यादव र शिखर यादवले स्वास्थ्य परिक्षण गरेका थिए ।

विरामीको समस्याको आधारमा निःशुल्क औषधी वितरण गरिएको थियो भने उपचार गर्नुपरेमा चिकित्सको निःशुल्क पर्चा रहने र अस्पतालबाट प्रदान गरिने सेवामा २५ प्रतिशत छुट गरिने कौसिल्या अस्पतालका सञ्चालक शंकर न्यौपानेले जानकारी दिए ।

साझा सहकारीले आफ्ना शेयर सदस्यहरुको लागि निशुल्क स्वास्थ शिविर संचालनमा ल्याएको सहकारीका अध्यक्ष पारसनाथ थारुले जानकारी दिए ।