कोहलपुर ।
बाँकेको कोहलपुरमा नमूना नगर सभाको असल अभ्यास सुरु भएको छ । “अवसर हामीलाई दिनुहोस्, परिवर्तन सबैका लागि ल्याउने छौं’ भन्ने मुल नाराका साथ युवाहरुले नमूना नगर सभाको असल अभ्यास सुरु गरेको हो ।
कोहलपुरका युवाहरुले कोहलपुर नगरपालिकाले कसरी कस्ता कार्यक्रम ल्याएको हुन्छ ? बजेट विनियोजन गर्दा जनसंख्याको आधार, विषयगत शाखा, विषयगत समिति, वडामा छुट्याउने बजेट लगायत अन्य विविध विषयमा बजेट कसरी विनियोजन हुन्छ ?, निति नियम कसरी निर्माण हुन्छ ? भन्ने विषयमा संसदीय अभ्यासलाई युवाहरुले प्रभावकारी रुपमा कार्यान्वयन गर्न नमूना नगर सभा आयोजना गरेको युवा क्लबका अध्यक्ष रमेश वरले बताए ।
कोहलपुरका युवा क्लब, बाल क्लब, किशोरी क्लब लगायत अन्य विभिन्न युवाहरुको सञ्जालहरुले संयूक्त रुपमा नमूना नगर सभाको अभ्यास गरेका छन् ।

नमूना नगर सभाको उद्घाटन सत्रमा बोल्दै कोहलपुर नगरपालिका नगर प्रमुख पूर्ण प्रसाद आचार्यले नीति तथा निर्माणमा युवाहरूको अर्थपूर्ण सहभागी हुन आवश्यक रहेको बताए । उनले लक्षित कार्यक्रमहरू गर्न प्रतिवद्ध रहेने बताउँदै युवाहरूलाई सामाजिक, आर्थिक, र राजनैतिक क्षेत्रमा मेरुदण्डको रुपमा उभिन आग्रह गरे ।
युवाहररूलाई नमूना नगर सभाले रचनात्मक योजना, निति नियम, बजेट विनियोजनमा समेत जोडिएर काम गर्न सहयोग पुग्ने आचार्यले बताए । लुम्बिनी प्रदेशमा तेस्रोपटक र कोहलपुरमा पहिलोपटक नमुना नगर सभा सञ्चालन भएको हो ।
यस्तै कोहलपुर नगरपालिकाकी उपप्रमुख संगिता सुवेदीले युवाहरुलाई हरेक क्षेत्रमा आबद्ध गराई समाज परिवर्तन गर्न विभिन्न कार्यक्रम बनाउँदा युवाहरुको समेत अर्थपूर्ण सहभागिता हुनुपर्नेमा जोड दिइन् । ‘कोहलपुरमा किशोरी क्लबले गर्दा महिलाहरुको विभिन्न समस्याहरु सहज रुपमा समाधान भइरहेका छन्,’ ‘निति तथा कार्यक्रममा नै युवाहरुको सहभागिता गराउनुपर्छ ।’ उनले भनीन् ।
यस्तै कोहलपुर नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत धोलकराज ढकालले नमूना नगर सभाका कारणले यूवाहरुले विभिन्न क्षेत्रमा महत्वपूर्ण भूमिका खेल्ने र प्रभावकारी रुपमा सेवाको अवसरमा पाउने बताए ।
कोहलपुर नगरपालिका सामाजिक विकास समिति संयोजक ईश्वरी प्रसाद बिश्वकर्मा लगायत वडा अध्यक्षहरुको समेत उपस्थित रहेको थियो । नमूना नगर सभा ४ दिन सम्म चल्ने छ भने ६१ जना युवा सहभागी रहेका छन् ।
कोहलपुर टुडेमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुकमा पनि जोडिन सक्नुहुन्छ ।











प्रतिक्रिया दिनुहोस्