Kohalpur Today Header Ads

सेवाग्राहीसँग घुस लिँदैगर्दा पक्राउ परेका ३ का वडाध्यक्ष भ्रष्टाचारी ठहर




सेवाग्राहीसँग घुस लिँदैगर्दा रंगेहात पक्राउ परेका बाराको जितपुर सिमरा उप-महानगरपालिकाका वडाध्यक्ष भ्रस्टाचार मुद्दामा दोषी ठहर भएका छन्।

रंगेहात पक्राउ जितपुर सिमरा उपमहानगरपालिका- ३ का वडा अध्यक्ष ताराबहादुर कार्कीलाई विशेष अदालतले दोषि ठहर गरेको हो।

विशेष अदालतका न्यायाधीश टेक नारायण कुवर र तेज नारायण सिंह राइको इजलासले बिहीबार वडा अध्यक्ष कार्कीलाई दोषि ठहर गरेको हो।

LIfe Ok

२०८० पुष २ गते हेटौंडास्थित अख्तियारको टोलीले बाराको जितपुरसिमरा उपमहानगरपालिका-३ का वडाध्यक्ष कार्कीलाई पाँच लाख घुस रकमसहित पक्राउ गरेको थियो।

उनीविरुद्ध विशेष अदालतमा अख्तियारले २०८० साल माघ १० गते अख्तियार दुरुपयोग अनुसन्धान आयोगले मुद्दा दर्ता गरेको थियो। ०७४ सालको स्थानीय तहको निर्वाचनमा कार्की नेकपा एमालेबाट वडाध्यक्षमा निर्वाचित भएका थिए।

कोहलपुर टुडेमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुकमा पनि जोडिन सक्नुहुन्छ ।

प्रकाशित मिति : २०८१ वैशाख २८ गते शुक्रबार