कोहलपुर २ मा १ महिने आधारभूत व्यूटी पार्लर तालिम सुरु

कोहलपुर ।

बाँकेको कोहलपुर नगरपालिका २ मा १ महिने आधारभूत व्यूटी पार्लर तालिम सुरु भएको छ । ‘शान्ति सहिष्णुता तथा महिला सशक्तिकरण’ भन्ने मुल नाराका साथ कोहलपुर नगरपालिका २ वडाको आर्थिक सहयोग तथा फातिमा फाउन्डेसन नेपालको आयोजनामा १ महिने आधारभूत व्यूटी पार्लर तालिम बैशाख २४ गतेबाट सुरु भएको छ ।

कोहलपुर नगरपालिका उपप्रमुख संगिता सुवेदीको प्रमुख अतिथि तथा कोहलपुर वडा नं. २ का वडा अध्यक्ष हरि कठायतको सभापत्विमा १ महिने तालिम सुरु भएको थियो ।

कोहलपुर नगरपालिका उपप्रमुख संगिता सुवेदीले भौतिक पुर्बाधार मात्र होईन महिला उद्यमी पनि उत्पादनमा जोड दिनुपर्नेमा जोड दिइन् । कोहलपुर वडा नं. २ का वडा अध्यक्ष हरि कठायतले ४५ हजार आर्थिक सहयोगमा १ महिना तालिम सुरु भएको बताए । अर्को आर्थिक वर्षमा पुनः एडभान्स तालिम समेत सुरु गरिने बताए ।

तालिममा १० टोलबाट १-१ जना हुने गरी १० जनाले १ महिने तालिम सुरु भएको छ भने प्रशिक्षक कबिता गुरुङ्ग रहेकी छिन् ।

तालिममा वडा सदस्य पुरन थारु, मेलमिलाप संयोजग गोपाल प्रसाद शर्मा, मेलमिलाप सदस्य रामसिंह बि.क., वडा सचिव पुरुषोतम पोखरेल, सिध्यनगर टोल बिकास समितिका अध्यक्ष देबी धामी, फातिमा फाउन्डेसन नेपालका महा–सचिव हुमा अक्तर, कोषाध्यक्ष सुबेदा फरहिन र सदस्य गंगा वली उपस्थित रहेका थिए । तालिम जेष्ठ २४ गतेसम्म चल्नेछ