कोहलपुर ।
अष्टम साना किसान कृषि सहकारी संस्था राप्तीसोनारी ८ शम्शेरगजको आयोजनामा संचालन गरिएको बृहत रक्तदान कार्यक्रममा १०४ प्रीन्ट रगत संकलन भएको छ ।
संस्थाको एकीकरण दिवसका अवसरमा आयोजित बृहत रक्तदान कार्यक्रममा सहकारीकर्मी ,शेयर सदस्य ,कर्मचारी बुद्धिजीवी व्यापारी लगायतले रक्तदान गरेका थिए ।
नेपाल रेडक्रस सोसाइटी क्षेत्रीय रक्तसंचार केन्द्र नेपालगन्जको प्राविधिक सहयोगमा संचालन गरिएको उक्त कार्यक्रममा १०४ प्रीन्ट सहकारीका मुख्य प्रबन्धक हरिश्चन्द्र केसीले जानकारी दिए।
जेठ १ गते मनाउन थालिएको एकीकरण दिवसलाइ मध्यनजर गर्दै रक्तदान कार्यक्रमको आयोजना गरिएको सहकारी संस्थाले जनाएको छ ।
कोहलपुर टुडेमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुकमा पनि जोडिन सक्नुहुन्छ ।











प्रतिक्रिया दिनुहोस्