कोहलपुर ।
बाँकेको कोहलपुर नगरपालिका वडा नं. ३ र ४ का १ सय ३० जना निशुल्क स्वास्थ्य शिविरबाट १ सय ३० जना लाभान्वित भएका छन् ।
आज (बुधबार) साझा सहकारी कोहलपुरको आयोजना तथा कौसिल्या अस्पताल प्राली कोहलपुरको प्राविधिक सहयोगमा संचालन गरिएको शिविरमा १ सय ३० जना लाभान्वित भएको आयोजकले जनाएको छ ।
शिविरमा कौसिल्या अस्पताल प्रा.लि. कोहलपुरका विशेषज्ञ डा.एन के यादव र शिखर यादवले स्वास्थ्य परिक्षण गरेका थिए ।
विरामीको समस्याको आधारमा निःशुल्क औषधी वितरण गरिएको थियो भने उपचार गर्नुपरेमा चिकित्सको निःशुल्क पर्चा रहने र अस्पतालबाट प्रदान गरिने सेवामा २५ प्रतिशत छुट गरिने कौसिल्या अस्पतालका सञ्चालक शंकर न्यौपानेले जानकारी दिए ।
साझा सहकारीले आफ्ना शेयर सदस्यहरुको लागि निशुल्क स्वास्थ शिविर संचालनमा ल्याएको सहकारीका अध्यक्ष पारसनाथ थारुले जानकारी दिए ।
थारुका अनुसार बैजनाथ गाउँपालिका २, ३, ४ र कोहलपुरका सबै स्थान गरी ११ स्थानमा शिविर सञ्चालन हुने बताए । शिविर बैशाख १८ गतेदेखि २८ गतेसम्म सञ्चालन हुनेछ । शिविरमा कोहलपुर नगरपालिका वडा नम्बर ४ का वडा अध्यक्ष मुवारक अलि गुजर समेत सहभागिता रहेको थियो ।
कोहलपुर टुडेमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुकमा पनि जोडिन सक्नुहुन्छ ।












प्रतिक्रिया दिनुहोस्