Kohalpur Today Header Ads

सुरक्षा निकायबाट जागिर छोड्नेको लर्को




काठमाडौँ ।

नेपाल प्रहरीका डीआईजी रमेश खरेल प्रहरी महानिरीक्षक पदका दाबेदार थिए । मन्त्रिपरिषद्ले उनका ब्याचमेट सर्वेन्द्र खनाललाई महानिरीक्षक नियुक्त गरेपछि खरेलले प्रहरीबाट २०७४ साल चैत २८ मा राजीनामा दिए ।

२०६७ साउनपछि दुईजना डीआईजी र ६ जना एसएसपीहरूले राजीनामा दिएका छन् । संगठनप्रतिको असन्तुष्टि र घरायसी कारण प्रहरीमा २० वर्ष सेवा गरेकाहरूले राजीनामाको बाटो रोज्ने गरेका छन् ।

LIfe Ok

२० वर्ष नपुगी राजीनामा गरेमा पेन्सन नपाउने प्रावधान छ । तसर्थ त्यो प्रावधान छलेर २० वर्ष सेवा गरिसकेपछि सेवा अवधि बाँकी हुँदा पनि छाडेर अन्य पेशा अँगाल्ने प्रहरीहरू धेरै छन् । राजीनामा दिनेहरूमा तल्लो तहका प्रहरी/कर्मचारी नै बढी छन् ।

५ वर्षको अवधिमा ४ जना एसपी, १६ जना डीएसपी र ४२ जना इन्स्पेक्टरले जागिर छाडेका छन् । २ सय २० जना कार्यालय सहयोगीले जागिर छाडेको प्रहरीले जनाएको छ ।

आर्थिक वर्ष २०७६–०७७ देखि आर्थिक वर्ष २०८०–०८१ चैतसम्ममा ४ हजार ५७० जना प्रहरीले राजीनामा गरेका छन् । राजीनामा दिनेमा सबैभन्दा धेरै प्रहरी हवल्दार छन् ।

पाँच वर्षको अवधिमा १ हजार ९६९ जना हवल्दार र ९ सय १५ जना असई र ३ सय २ जना सईले जागिर छाडेको प्रहरी प्रधान कार्यालयको तथ्याङ्कले देखाउँछ ।

५ वर्षको अवधिमा ४ जना एसपी, १६ जना डीएसपी र ४२ जना इन्स्पेक्टरले जागिर छाडेका छन् । २ सय २० जना कार्यालय सहयोगीले जागिर छाडेको प्रहरीले जनाएको छ ।

तथ्यांक स्रोत : प्रहरी प्रधान कार्यालय

लगातार राजीनामा दिने क्रम नरोकिएपछि प्रहरीले त्यसबारे आन्तरिक सर्वेक्षण गरेको थियो । शैलेश थापा आईजीपी हुँदा गरिएको सर्वेक्षण अनुसार ३ वटा कारणले प्रहरीले जागिर छाड्ने गरेको निष्कर्ष छ ।

कोहलपुर टुडेमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुकमा पनि जोडिन सक्नुहुन्छ ।

प्रकाशित मिति : २०८१ वैशाख २६ गते बुधबार