विश्व प्रतिस्पर्धा गर्न सक्ने विश्वविद्यालय बनाउनु मेरो कर्तव्य हो : मध्यपश्चिम विश्वविद्यालयका नवनियुक्त उपकुलपति गौतम

भगवती पोख्रेल, सुर्खेत
मध्यपश्चिम विश्वविद्यालयका  नवनियुक्त उपकुलपति प्रा. डा. ध्रुब कुमार गौतमले  पदभार गरेका छ्न । सुर्खेतमा रहेको उपकुलपतिको कार्यालयमा पदभा्र गरेका हुन । सोही अवसरमा बोल्दै नवनियुक्त उपकुलपति  प्रा. डा. ध्रुब कुमार गौतमले विश्वविद्यालयना प्राज्ञिक उन्नयन गराउने, प्राध्यापक तथा कर्मचारीको प्राज्ञिक वृद्धि र विकास गर्ने, विश्वविद्यालय लाई आधुनिक, प्रविधिमैत्री बनाउने, विश्ववजारमा प्रतिस्पर्धा गर्न सक्ने जनशक्ति उत्पादन गर्न लागि पर्ने, नयाँ पाठ्यक्रम निर्माण गरि सिपमा आधारित जनशक्ति निर्माणमा जोड दिने गरि आफ्नो लक्ष्य रहेको वताए ।


उनले आम नागरिक र मनकारी व्यक्तिहरुबाट विश्वविद्यालय स्थापना भएकोले स्थानीय, प्रादेशिक र संघीय सरकारले आफ्नो क्षेत्रबाट सहयोग गर्नुपर्ने वताए । विश्वविद्यालय भनेको सरकारको मुख ताक्ने र स्वायत्त हो भन्नेतिर नलागी आफैंले स्रोत तया् गर्ने सवालमा लाग्न सम्पूर्ण सरोकारवाला पक्षसंग आह्वान गरे ।
आफुले विश्वविद्यालय २० बढि विश्वविद्यालयमा प्राध्यापन, अध्ययन र अनुसन्धान गरेकोले राज्यभन्दा पुराना विश्वविद्यालयसंग निकै कान्छो विश्वविद्यालयले  उनिहरुसंग प्रतिस्पर्धा गर्नु चुनौती रहेकोले हामी सबैले त्यसतर्फ ध्यान दिन जरुरी रहेको वताए ।


उनले आम नागरिक र मनकारी व्यक्तिहरुबाट विश्वविद्यालय स्थापना भएकोले स्थानीय, प्रादेशिक र संघीय सरकारले आफ्नो क्षेत्रबाट सहयोग गर्नुपर्ने वताए । विश्वविद्यालय भनेको सरकारको मुखताक्ने र स्वायत्त हो भन्ने तर आफैंले स्रोत तयार गर्न नसक्नु दुर्भाग्य रहेको वताए । यसका लागि सम्पूर्ण सरोकारवालाहरु जिम्मेवार रहन आह्वान गरे ।
कार्यक्रममा विश्वविद्यालयका रजिष्ट्रार प्रा. डा. नारायण प्रसाद पौडेलज्यूले स्वागत स्वागत गरेका थिए । त्यसैगरी योजना विकास तथा अनुगमन निर्देशनालयका कार्यकारी निर्देशक प्रा. डा. चन्द्र प्रसाद रिजालज्यूले नवनियुक्त उपकुलपति प्रा. डा. गौतमज्यूको छोटो बायोग्राफी प्रस्तुत गरेका थिए ।

!
उक्त कार्यक्रममा निवर्तमान उपकुलपति प्रा.डा. केशरसिह राना, सेवा आयोगका अध्यक्ष प्रा.डा. भारती जोशी, सेवा आयोगका सदस्यहरु, विभिन्न संकायका डिन, कार्यक्रम निर्देशक, क्याम्पस प्रमुख, स्व.वि.यु. पदाधिकारीहरु, विद्यार्थीहरु, आम नागरिक पत्रकारको बाक्लो उपस्थित रहेको थियो । उक्त कार्यक्रमको संहजिकरण प्रशासकीय अधिकृत दिनेश गौतमले गरेका थिए ।
यस अधि मध्यपश्चिम विश्वविद्यालयको आंगिक क्याम्पस वागेश्वरी बहुमुखी क्याम्पस कोहलपुरका क्याम्पस प्रमुख लगायतको टिमले नवनियुक्त उपकुलपति गौतम लाई नेपालगन्ज रांझा विमानस्थलमा भव्य स्वागत गरेको थियो ।