कोहलपुरको मालपोत र नापीमा छापा : ४ जना विरुद्ध मुद्धा दर्ता, २ छुटे (पुरा विवरण)

कोहलपुर ।

बाँकेको कोहलपुरमा रहेको नापी र मालपोत कार्यालयबाट विचौलियाहरुको काम गरेको भन्दै ६ जनालाई पक्राउ गरेको थियो । पक्राउ परेका मध्ये २ जनाले आफ्नै काममा काठमाण्डौं देखि आएको र अन्य विचौलियाको काम गरेका ४ जनालाई अभद्र व्यवहारको मुद्धा दर्ता गरेको छ ।

पक्राउ पर्नेमा बैजनाथ गाउँपालिका ५ वनकटुवाका ६६ वर्षका बम बहादुर थापा, कोहलपुर नगरपालिका ११ सैनिक टोलका ४५ वर्षका कृष्ण बहादुर थारु, बैजनाथ गाउँपालिका १ गाभरका ३१ वर्षका राम बहादुर रोकाय, र बैजनाथ गाउँपालिका ८ टिटिरिहीयाका ५५ वर्षका सतिश चन्द्र थारु रहेका छन् ।

६ जना मध्ये २ जनालाई आफ्नै काममा गएको प्रमाण भेटिएपछि उनी छुटेको इलाका प्रहरी कार्यालय कोहलपुरका प्रमुख डिएसपी धर्मराज भण्डारीले जानकारी दिएका छन् ।

आइतबार कोहलपुरको नापी र मालपोत कार्यालयमा विचौलियाहरुले निकै चलखेल भइरहेको भन्ने जनगुनासो आएपछि प्रमुख जिल्ला अधिकारी श्रवण कुमार पोखरेल र जिल्ला प्रहरी कार्यालयको नेतृत्वमा इप्रका कोहलपुरले ६ जनालाई पक्राउ गरेको थियो ।

कार्यालय भित्र विचौलिको काम गरिरहेको सूचना प्राप्त भएपछि उनीहरुलाई पक्राउ गरेको भण्डारीले जानकारी दिए ।

याे पनि हेर्नुहाेस् ।

कोहलपुरको नापी र मालपोतमा छापा : ३ जना वकिल सहित ६ जना पक्राउ