इप्रका कोहलपुरमा महिला, बालबालिका तथा जेष्ठ नागरिक सेवा केन्द्रको भवन बन्दै

४ वटा भवन ४० लाख डलरमा भवन निमार्ण हुने : सिनियर इन्जिनियर उपाध्याय

कोहलपुर ।

बाँकेको कोहलपुर नगरपालिकामा रहेको इलाका प्रहरी कार्यालयको परिसरमा महिला, बालबालिका तथा जेष्ठ नागरिक सेवा केन्द्रको भवन बनाउन लागेको छ ।

यूनओपीएसको आर्थिक सहयोगमा यूके इन्टरनेशनल डेप्लोमेन्टको समन्वयमा इप्रका कोहलपुरमा महिला, बालबालिका तथा जेष्ठ नागरिक सेवा केन्द्र भवन बनाउन लागेको हो ।

कोहलपुर इलाका प्रहरी कार्यालय कोहलपुरको आयोजनामा महिला, बालबालिका तथा जेष्ठ नागरिक सेवा केन्द्रको भवन निर्माण सम्बन्धी सामुदायिक छलफल कार्यक्रम गरेको थियो ।

इप्रका कोहलपुरका प्रहरी नायव उपरिक्षक (डिएसपी) धर्मराज भण्डारीले भवन बनाउन लागेको खुसी व्यक्त गरे । महिला तथा बालबालिका, किशोरीहरुको विभिन्न अपराधिक गतिविधिहरुमा संलग्न तथा हिंसामा पिडितहरुलाई राख्नका लागि यो भवन बनाउन लागेको भण्डारीले जानकारी दिए ।

यूनओपीएसका सिनियर इन्जिनियर शिशिर उपाध्यायले बाँकेको कोहलपुर, सुर्खेतको छिन्चु, कपिलबस्तुको चन्द्रौटा, सर्लाहीको बरथहवामा महिला, बालबालिका तथा जेष्ठ नागरिक सेवा केन्द्रको भवन निर्माण गर्न थालेको बताए । ‘४ जिल्लामा ४ वटा भवन ४० लाख डलरमा निमार्ण हुन लागेको छ’, उनले भने, ‘जस्काे डिजाइन एउटै छन् ।’

कोहलपुर टुडेसंगको कुराकानीमा अबको एक महिनामा नै काम सुरु हुने भन्दै सिनियर इन्जिनियर उपाध्यायले इविडिङ्गबाट टेण्डर हुने भएकोले एकमुष्ट रुपमा हुन्छ तर कोहलपुरको लागि मात्र भनेर छुट्याएर टेण्डर नहुने भएकोले कोहलपुरको भवनमा कति खर्च लाग्ने ? भन्ने बारे आफू जानकार नभएको बताए ।

कोहलपुर नगरपालिका उपप्रमुख संगिता सुवेदीले कोहलपुर नगरपालिकाको बजेटका अभावका कारणले भवन निर्माण गर्न असमर्थ भएको जानकारी गराउँदै कोहलपुरमा सेवा केन्द्रको भवन निर्माण योजना ल्याउनुभएकोमा धन्यवाद दिएकी थिइन् । सो योजनालाई कोहलपुर नगरपालिकाले पूर्ण रुपमा सहयोग गर्ने प्रतिबद्धता व्यक्त गरिन् ।

४ जिल्लामा ४ वटा कस्तो भवन बन्दैछन् यो हेर्नुहोस् ।