हजुरबुवासंग पढ्नका लागि बसेका नाबालक नहरमा डुवेर मृत्यु

कोहलपुर ।

कोहलपुर नगरपालिका ६ रझेनामा नविक बुढाथोकीको नहरमा डुबेर डुबेर मृत्यु भएको छ ।

शनिबार विहान करिब ८ बजेतिर नहरमा पौडि खेल्ने क्रममा करिब ११ वर्षको नाबालक नविक बुढाथोकी नहरमा डुबेर मृत्यु भएको इलाका प्रहरी प्रमुख प्रहरी नायव उपरिक्षक धर्मराज भण्डारीले जानकारी दिएका छन् ।

पौडि खेल्न भनि नहरमा हाम फालेको र नहरमा पौडि खेल्न नआएपछि स्थानियहरुले एक जनालाई उद्दार गरे तर अर्कोको भने नहरमा बेपत्ता भएपछि प्रहरीलाई खबर गरेका थिए ।

अर्को साथी स्थानियले नहरबाट बाहिर निकालेपछि फरार भएपछि मृत बालकको पहिचान खुृल्न समस्या भएको थियो ।

डिएसपी भण्डारीले कोहलपुर ५ का नविक बुढाथोकी रहेको उनका हजुरबुवाबाट पत्ता लगेको बताए । नविकका आमाबुवा भारतमा मजदुरीका लागि गएका छन् ।

भोली मात्र नेपाल आउने भएपछि अहिले नेपालगञ्ज मेडिकल कलेज शिक्षण अस्पतालमा उनको शव छ । उनी अध्ययनअध्यापन गर्नका लागि हजुरबुवासंग बसेका थिए । पोष्टमार्टम आमाबुवा आएपछि मात्र हुने डिएसपी भण्डारीले जानकारी दिए । मृतक बुढाथोकी वेस्टर्न स्कुलमा कक्षा ४ मा अध्ययनरत रहेका थिए ।

याे पनि

नहरमा डुवेर बालकको मृत्यु, अझै खुलेन पहिचान