सरकारले शिक्षा र स्वास्थ्य निःशुल्क गर्नु पर्छ : कांग्रेस नेता महर

कृष्ण कुमार शाही, कोहलपुर

नेपाली कांग्रेसका केन्द्रिय सदस्य नैनसिंह महरले सरकारले शिक्षा र स्वास्थ निशुल्क दिनुपर्ने जिकिर गरेका छ्न । लोकतन्त्र दिवसको अवसरमा शुभकामना दिदै नेपाली कांग्रेसका कृयासिल सदस्य, शुभेच्छुक संघसंस्था एवम् स्थानीय सरकारका प्रमुख र उपप्रमुख लगायत ट्रेडयुनियनकर्मीहरुसंगको अन्तरक्रियामा उनले यो जिकिर गरेका हुन । उनले सरकारले आम जनताका आधारभुत आवश्यकताहरु सरकारले जिम्मा लिए देशमा भ्रष्टाचार न्यून हुने तर्क गरे ।


पछिल्लो समयमा नेपालको युवा जनशक्ति विदेश पलायन हुनुमा सरकारले रोजगारमुलक शिक्षा, शिक्षामा लगानीको कमि, स्थानीय स्तरको आवश्यक अन्तर्राष्ट्रिय परिवेश र आम नागरिकको चासो र चिन्तामुलक पाठ्यक्रम निर्माण गरि पेशा र व्यवसायमा लाग्ने वातावरण तयार गरे विदेश जानबाट रोक्न सकिने वताए । वर्तमान समयमा गठबन्धनको सरकारबाट कांग्रेस बाहिर रहनु र कांग्रेस प्रतिपक्षमा बसि जनताका हरेक समस्या केलाई सदन र सडकबाट समाधान गर्न सुझाव दिने मौका भएको तर्क गरे । उनले देशविकाशमा कांग्रेसले पहल गर्नुपर्ने कुरामा जोड दिए ।

कांग्रेसले देशको विकास गर्ने, जनताका आधारभुत आवश्यकता परिपुर्ति देखि युवा रोजगारी र औद्योगिक क्रान्ती ल्याउन सकेको खन्डमा कांग्रेस जनजनमा बस्ने तर्क गरे । कोहलपुर उदाउंदै गरेको ट्रान्जिट पोईन्ट भएकोले कोहलपुरको समग्र विकासको लागि सबैको ध्यान जानुपर्ने कुरामा जोड दिए ।

जनप्रतिनिधिले जनताका आवश्यकता लाई सम्बोधन गरेर अगाडि बढ्न निर्देशन दिए । उनले कांग्रेसमा गुट उपगुट भन्दा पनि रुख र चारतारे झन्डाको मुनि रहना निर्देशन दिए । उनले प्राध्यापक, शिक्षक, निजामती कर्मचारी सबैले आ आफ्नो स्थानमा जिम्मेवारीका साथ काम गर्ने अनुरोध गरे । उनी नेपाली कांग्रेस कोहलपुर वडा नं २ को पाटी सम्मेलन लाई सम्बोधन गर्न आउने क्रममा कार्यकर्ता एवम् शुभेच्छुक संघसंस्थासंगको भेटमा यस्तो वताएका हुन । उनी भोलि राप्ती सोनारीको बिनौनाको कार्यक्रम लाई सम्बोधन गर्ने भएका छ्न ।

नेपाली कांग्रेसमा बौद्धिक, सालिन युवा नेता मानिन्छ्न । उक्त कार्यक्रममा विभिन्न संघसंस्थाका प्रतिनिधिहरुले सुझाव दिएका थिए । कार्यक्रमको सहजीकरण ट्रेड युनियन कांग्रेस बांकेका सचिव शिवध्वज शाहीले गरेका थिए ।