रूकुम पश्चिममा आचारसंहिता जागरण कार्यक्रम

रूकुम पश्चिम ।

पत्रकार आचार संहिता र प्रेस काउन्सिलले गरिरहेका कामका बारेमा छलफल तथा जानकारी गराइएको थियो ।

काउन्सिलको मिडिया विकास कोष मार्फत यो कार्यक्रम सञ्चालन गरिएको हो । कोष मार्फत जिल्लास्थित सञ्चार माध्यमलाई इन्टरनेट सेवाका लागि सहयोग गरिएको छ ।

भूकम्प प्रभावित जिल्लालाई लक्षित गरेर यो कार्यक्रम आयोजना गरिएको प्रेस काउन्सिल नेपालले जनाएको छ । यो कार्यक्रमका लागि पत्रकार महासंघ रुकुम पश्चिमले समन्वय गरेको थियो ।