विद्युत सर्ट भएर जडिबुटी उद्योगमा लागेको आगो नियन्त्रण बाहिर




कोहलपुर ।

बाँकेको जानकी गाउँपालिका ६ मा रहेको जडिबुटी उद्योगमा लागेको आगो नियन्त्रण बाहिर गएको छ । राजेश जैनको नाममा रहेको बाहुबली हर्व प्रा.लिबाट सञ्चालनमा रहेको सो उद्योग विहान करिब ७ बजेबाट आगो लागी भएको थियो तर अहिलेसम्म पनि आगो निययन्त्रण आउन सकेको छैन ।

बाँकेका प्रमुख जिल्ला अधिकारी श्रवण कुमार पोखरेलले विद्युत सर्ट भएर आगलागी भएको बताए । जडीबुटी प्रशोधन गर्ने बाहुबली हर्बल उद्योग प्रालिको परिसरमा राखिएका सल्लाको खोटो तथा दाउराबाट सुरु भएको आगलागी उद्योग सम्म पुगेकोले नियन्त्रणमा लिन समस्या भईरहेको बाँकेका प्रमुख जिल्ला अधिकारी श्रवण कुमार पोखरेलले जानकारी दिए ।

नेपालगन्ज विमानस्थलको दमकल लगायत बाँकेका विभिन्न पालिकाका गरी ६ वटा, जिल्ला प्रहरीको वाटर क्यानल, बर्दियाका विभिन्न स्थानीय पालिकाका ३ वटा, रुपैडिहा भारतको एक गरी ११ वटा दमकलबाट आगलागी नियन्त्रणको प्रयास भइरहेको प्रमुख जिल्ला अधिकारी पोखरेलले जानकारी दिए ।

आगलागी नियन्त्रणका लागि स्थानीय, प्रहरी, सशस्त्र प्रहरी, सेनाले आगलागी नियन्त्रण लिन प्रयास जारी छ ।

प्रकाशित मिति : २०८१ वैशाख ६ गते बिहीबार