नमूना विद्यासदन माध्यमिक विद्यालय कोहलपुर -८ पिपरिले गर्‍यो कक्षा-१२ का विद्यार्थीलाई बिदाई

कृष्ण कुमार शाही, कोहलपुर

कोहलपुर नगरपालिका वडा नं -८ म संचालित नमूना विद्यासदन माध्यमिक विद्यालय कक्षा -११ का विद्यार्थीले कक्षा -१२ का विद्यार्थीहरु लाई बिदाई गरेका छ्न । नमूना विद्यासदन माध्यमिक विद्यालय कक्षा ११/१२ मा शिक्षा र व्यवस्थापन संकायको पठनपाठन हुँदै आएको छ ।


उक्त कार्यक्रममा बोल्दै प्रमुख अतिथि कोहलपुर नगरपालिकाका वडा नं -८ का वडा अध्यक्ष लालबहादुर रानाले कोहलपुरमा शिक्षा क्षेत्र सुधार हुँदै गएको वताए । उनलेे विद्यार्थी लाई अध्यन गरि व्यवहारिक रूपमा कार्यन्वयन गरि देशमै काम गर्ने गरि अध्ययन गर्न निर्देशन दिए ।

उनलेे निजामती, शिक्षक एवम् नेपालका विभिन्न सरकारी र गैरसरकारी निकाएमा काम गर्ने वा खाडिमा जाने भन्ने कुरा विद्यार्थीको हातमा रहेको वताए । संघर्ष नै जिवनको सफलता भएकोले आगामी कक्षा -१२ को बोर्ड परिक्षा राम्रो गर्न समेत निर्देशन दिए ।

कार्यक्रममा बोल्दै मध्यपश्चिम विश्वविद्यालय वागेश्वरी बहुमुखी क्याम्पसका उपप्राध्यापक एकराज शर्माले विद्यार्थीको संघर्ष, क्रियाकलाप र जिज्ञासाबाट मात्र जीवन सार्थक हुने वताए ।

उनलेे सबैभन्दा पहिले विद्यार्थीले म र हामी को अर्थ बुझ्नु आवश्यक रहेको वताए । उनलेे म को हो? म किन जन्मिए? मेरो कर्तव्य के हो ? मैले के गर्नुपर्ने हो ? ब्रमान्ड के हो ? यो ब्रमान्ड भन्दा अर्को छ वा छैन भन्ने प्रश्नको जिज्ञासा अनिवार्य खोज्न सकेमात्र जीवन सार्थक हुने वताए ।

ज्ञान र प्राप्त ज्ञानबाट सिकेको सीप जिवनमा प्रयोग हुने भएकोले हालको सोसल मिडिया लाई आवश्यकताका आधारमा मात्र प्रयोग गर्ने र बांकी समय अध्ययनमा खर्च गर्न अनुरोध गरे । साथै आगामी शैक्षिकसत्रमा स्नातक तह अध्ययन गर्नका लागि वागेश्वरी बहुमुखी क्याम्पसक विभिन्न संकायमा अध्ययन गर्नक लागि आउन समेत जानकारी दिए ।


कार्यक्रममा बोल्दै विद्यालयका प्रबन्ध निर्देशक शिव डांगीले विद्यालयले तत्काल बिदाई गरेपनी विद्यालय प्रतिको माया सधै हुने वातावरण निर्माण गर्न आफू लागि परेको वताए । उनले आफ्नो विद्यालय अहोरात्र रूपमा विद्यार्थीको भविस्य उज्वल बनाउने तर्फमात्र ध्यान गएकोले परिक्षा लाई राम्रोसँग तयारी गर्न निर्देशन दिए । उक्त कार्यक्रममा विद्यालयका प्राचार्य, शिक्षक एवम् विद्यार्थीको उपस्थित रहेको थियो ।