कोहलपुर इलाका प्रहरी अगाडि गेटमा नै झुण्डिएको अवस्थामा भेटियाे




कोहलपुर।

कोहलपुर इलाका प्रहरी कार्यालय गेट अगाडि नै एक पुरूषले झुण्डिएको अवस्थामा फेला परेको छ ।

रातीभरी डियुटी गरिरहेको इलाका प्रहरी कार्यालय अगाडि नै झुण्डिएर मृत्यु हुन शंकास्पद हुने कोहलपुरका स्थानीयहरुले बताएका छन् ।

स्थानीयहरूका अनुसार ‘गए राती इलाका प्रहरी कार्यालय कोहलपुर को गेट मा मान्छे मृत झुन्डिएको पाइयो तर प्रहरी लाई बिहान मात्रै थाहा भयो’ याे कस्ताे हाे उनले प्रश्न गरेका छन् ।

काेहलपुर इलाका प्रहरी कार्यालयका अनुसार गुल्मी घर भएका दिपक नेपाल रहेकाे काेहलपुर टुडेलाइ जानकारी दिएकाे छ ।

प्रमुख रविन्द्र खनाललका अनुसार नेपालीकाे श्रीमति इण्डिया काम गरिरहेकाे र घरबाट श्रीमति ल्याउन जानकाे लागि आएकाे नेपालीकाे दाइले जानकारी दिएका छन, अहिले नेपालीका दाइ गुल्मीबाट काेहलपुर आएपछि मात्र पूर्ण विवरण थाहा हुने खनालले काेहलपुर टुडेलाई जानकारी दिए ।

कोहलपुर टुडेमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुकमा पनि जोडिन सक्नुहुन्छ ।

प्रकाशित मिति : २०७८ माघ २३ गते आइतबार