भोली बागेश्वरी क्याम्पसमा टंक तिमिल्सीना र मोडल रुबिना अधिकारी आउने

कोहलपुर ।

बाँकेको कोहलपुर नगरपालिका ११ मा रहेको बागेश्वरी बहुमुखी क्याम्पसमा टंक तिमिल्सीना र मोडल रुबिना अधिकारी आउने भएका छन् ।

नयाँ वर्षको अवसरमा शुभ अवसरमा स्वतन्त्र विद्यार्थी यूनियनको आयोजना र क्याम्पसको समन्वयमा गर्न लागेको कार्यक्रममा टंक तिमिल्सीना र मोडल रुबिना अधिकारी आउने भएका हुन् ।

यस्तै सो कार्यक्रममा २०८१ सालको भित्तेपात्रो र अवसरमा शुभकामना आदानप्रदानसंगै सांस्कृतिक कार्यक्रम गर्ने स्ववियु अध्यक्ष देवेन्द्र बुढाले बताए ।

तीन प्रदेशको केन्द्रमा रहेको बागेश्वरी क्याम्पसमा शैक्षिक गतिविधिसंगै जनस्तरमा पु¥याउन र न्यून रकममा गुणस्तरीय शिक्षा प्रदान गर्ने र शैक्षिक गन्तव्य बनाउन सहयोग पुग्ने बुढाले बताए ।

विभिन्न अतिरिक्त क्रियाकलापसंगसंगै साँस्कृतिक कार्यक्रम गरी प्रतिभा उजागर गर्न, साँस्कृत सम्वद्र्धन टेवा पुग्ने र सहयोगी भावना जागृत गराउने उदेश्यले यो कार्यक्रम गरेको बुढाले बताए ।

यस्तै क्याम्पस प्रमुख दान बहादु हमालले शैक्षिक क्षेत्रका विभिन्न गतिविधिहरुमा प्रशासनले सधै तत्पर सहयोग गरिरहेको भन्दै आगामी दिनहरुमा समेत सहयोग गर्ने प्रतिबद्धता व्यक्त गरे ।