राप्तीसोनारीको ओभरीमा बेवारिसे अवस्थामा नवजात शिशु फेला

राप्ती सोनारी ।

राप्ती सोनारी गाउँपालिका वडा-८ ओभरीमा बुधबार बिहान १० बजेको समयमा स्थानीय ज्योति खड्का शाहको मकै बारीमा सालनाल सहित बेवारिसे नवजात शिशु (पुरुष ) फेला परेको छ ।

बच्चालाई स्थायीयले दूध समेत खुवाएका थिए । रातीको ४/५ बजेको समयमा बच्चा फालिएको हुनसक्ने अनुमान गरिएको छ । बच्चा कसले जन्माएर मकै बारीमा फालेको हो त्यसको बारेमा अहिले सम्म केही पत्ता लागेको छैन ।

प्रहरी चौकी ढकेरीले उक्त शिशु सकुशलउद्धार गरी नेपालगंज मेडिकल कलेज कोहलपुरमा पुर्‍याएर एन.आई.सि. यू मा राखेर उपचार भइरहेको छ।