मानसिक तनाव एवम् मनोरोग सम्बन्धी विद्यार्थीलाई अभिमूखीकरण

कोहलपुर ।

बाँकेको कोहलपुर नगरपालिका ११ मा रहेको कोहलपुर मोडल कलेजका विद्यार्थीहरुलाई मानसिक तनाव एवम् मनोरोग सम्बन्धी अभिमूखीकरण कार्यक्रम गरेको छ ।

मंगलबार कोहलपुर मोडेल कलेजको आयोजना तथा आर.एम.हस्पिटल प्रा.लिको प्राविधिक सहयोगमा मानसिक तनाव एवम् मनोरोग सम्बन्धी विद्यार्थीलाई अभिमूखीकरण कार्यक्रम भएको हो ।

नव वर्ष २०८१ सालको पावन अवसरमा वर्तमान अवस्थामा विद्यार्थी एवं युवाहरु माझ देखा परेका समस्या चिन्ता र निरासाबाट कसरी मुक्त हुने ? भन्ने सोचका साथ यस आर.एम. हस्पिटल प्रा.लि ले मानसिक तनाव तथा मनोरोग सम्बन्धि एक दिने अभिमुखीकरण गरेको हो ।

विद्यार्थीलाई भेरी अस्पताल बाँके तथा आर.एम.हस्पिटल कोहलपुरमा कार्यरत मानसिक रोग विशेषज्ञ डा.लिला देवकोटाले अभिमुखीकरण दिएका थिए ।