Kohalpur Today Header Ads

आन्तरिक पर्यापर्यटन प्रवर्धन गर्ने काेहलपुर-देउराली अपहिल साइक्लिङ प्रतियोगिता हुदै




काेहलपुर ।

नयाँ वर्षकाे अवसर पारेर लुम्बिनी प्रदेश स्तरिय मेयर कप काेहलपुर-देउराली अपहिल साइक्लिङ-२०८०  हुने भएको छ।

स्वर्गद्वारी साइक्लिङ क्लव काेहलपुरको आयोजनामा २०८१ बैशाख १ गते आन्तरिक पर्यापर्यटन प्रवर्धन गर्ने उदेश्यले काेहलपुर-देउराली अपहिल साइक्लिङ २०८०, दाेस्राे सेसन हुन लागेकाे हाे ।

LIfe Ok

लुम्बिनी प्रदेश स्तरिय प्रतियोगितामा रुपन्देही ,प्युठान ,दाङ लगाएत लुम्बिनी प्रदेशका विभित्र जिल्लाबाट खेलाडी सहभागी हुने हुनुका साथै नेपाल आर्मीका खेलाडी समेत सहभागी हुने क्लवका संरक्षक केशर आलेले जानकारी दिए ।

देउरालीमा अवस्थित देउराली मन्दिरलाई धार्मिक पर्यटन स्थलकाे रुपमा विकास गरी यस क्षेत्रकाे वातावरणकाे संरक्षण तथा संवर्धन तथा साइकल प्रयाेग प्रयाेग संकारकाे विकास गराउने उद्देश्यका साथ हुन लागेकाे साइक्लिङ कम्पाेटिसन काेहलपुर नगरपालिका गेटबाट सुरु भई रत्न राजमार्गमा रहेकाे देउराली मन्दिरसम्म पुग्नेछ।

महिला र पुरुष गरी दुई विधामा हुने प्रतियोगितामा प्रथम द्वितिय र तृतिय हुने खेलाडीलाई नगद र प्रमाणपत्र प्रदान गरिने छ संरक्षक आलेले जानकारी दिए ।

साइक्लिङ क्लवका अध्यक्ष जनक वलीका अनुसार विहान ७ बजे काेहलपुर नगरपालिकाबाट शुरु हुने प्रतियोगिता विहान ११ बजे देउरालीमा समापन हुनेछ।

साइक्लिङ कम्पाेटिसनका लागि काेहलपुर नगरपालिकाकाे मुख्य प्रायोजन रहेकाे छ भने गाेरखा युनाइटेड पब्लिक स्कुल र नागरपक पाेलिक्लिनिक काेहलपुरकाे सह-प्रायाेजन रहने छ।

कोहलपुर टुडेमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुकमा पनि जोडिन सक्नुहुन्छ ।

प्रकाशित मिति : २०८० चैत २७ गते मंगलबार