स्वास्थ्य संघको लुम्बिनी प्रदेश स्तरीय सम्मेलन कोहलपुरमा हुने

कोहलपुर ।

बाँकेको कोहलपुर नगरपालिकामा नेपाल स्वास्थ्य संघको लुम्बिनी प्रदेश स्तरीय सम्मेलन कोहलपुरमा हुने भएको छ ।

नेपाल स्वास्थ्य संघले आज पत्रकार सम्मेलन गरी भोली कोहलपुरमा १६ औ बार्षिकोत्सव मनाउने, प्रदेश स्तरीय अधिवेशन र राष्ट्रिय सेमिनार भोलीदेखि तीन दिनसम्म सञ्चालन गर्ने केन्द्रिय महासचिव डा.भगवना अर्यालले जानकारी दिएका थिए ।

अर्यालका अनुसार तीन वटा कार्यपत्र प्रस्तुत हुनेछन् । जसमा पोषणको अवस्था, स्वास्थ शिक्षाको विकास र स्वास्थ साक्षरता विषयमा कार्यपत्र प्रस्तुत हुनेछ ।

१२ जिल्लाबाट करिब १ सय भन्दा बढि उपस्थित हुने अनुमान गरिएको छ भने कोहलपुरको चप्परगौडीमा भोली विहान ८ बजेबाट कार्यक्रम सुरु हुने बागेश्वर बहुमुखी क्याम्पसका शिक्षासास्त्र शंकायका प्रमुख ज्ञानेन्द्र शाहीले जानकारी दिएका छन् ।

शाहीका अनुसार २४ (भोली) राष्ट्रिय साधारण सभा र लुम्बिनी प्रदेश अधिवेशन हुने, २५ गते क्याम्पस कार्यरत अनुसन्धान सम्बन्धि तालिम दिइने, र २६ गते टेनिङ्ग स्नातकोत्तर पढिरहेका विद्यार्थीहरूलाई सोधपत्र लेखन सम्बन्धी तालिम दिइने जानकारी दिए ।

पत्रकार सम्मेलनमा नेपाल स्वास्थ्य संघका केन्द्रिय उपाध्यक्ष कल्पना ज्ञवाली, कोषाध्यक्ष शुभास प्रसाद, सदस्य ज्ञानु केसी र मोहन शर्मा उपस्थित रहेको थियो ।