कोहलपुर ।
बाँकेको नेपालगञ्ज उप-महानगरपालिका-४ मा प्रारम्भिक बालविकास तथा शिक्षाको सवलीकरण सम्बन्धी अन्तर्क्रिया कार्यक्रम गरिएको छ ।
शिक्षा तथा मानव स्रोत विकास केन्द्र सानोठमी भक्तपुरको आयोजनामा प्रारम्भिक बालविकास तथा शिक्षाको सवलीकरण सम्बन्धी अन्तर्क्रिया कार्यक्रम गरिएको हो ।
शिक्षा तथा मानव स्रोत विकास केन्द्रका निर्देशक शोभा अधिकारीले बालविकासलाई संघ, प्रदेश र स्थानिय सरकारले गर्नुपर्ने भूमिकाका विषयमा प्रष्ट पार्न अति आवश्यक रहेको बताइन् ।
उनका अनुसार प्रारम्भिक बालविकास तथा शिक्षाको सवलीकरणमा प्रअ, विव्यस, बाल विकास सहजकर्ता तथा अभिभावक कसको बढि कहाँ महत्व हुन्छ भन्ने विषयमा समेत जानकारी दिने उद्देश्यले यो कार्यक्रम आयोजना गरिएको बताइन् ।

बालविकास शिक्षाको सवलीकरणमा यो हाम्रो पहिलो प्रयास रहेको छ अबका दिनमा हामीले बालबालिकासंग विभिन्न कार्यक्रम गर्ने लक्ष्य राखेको उनको भनाई थियो ।
यस्तै शिक्षा तथा मानव स्रोत विकास केन्द्रका अधिकृत धनसूदन चौलागाईले प्रारम्भिक बालविकास तथा शिक्षाको सवलीकरणको अवधारणा, महत्व, मौजूदा व्यवस्था, समस्या, समाधान, प्रारम्भिक बालबालिका सम्बन्धी सञ्चार, विभिन्न ऐन, नियम, कानून र कार्यान्वयन सम्बन्धी आफ्नो प्रस्तुती राखेको थिए ।
प्रारम्भिक बालविकास तथा शिक्षाको सवलीकरण सम्बन्धी अन्तक्र्रिया कार्यक्रममा शिक्षा विकास समन्वय ईकाई समिति बाँकेका प्रमुख राम सुरेश यादव, सुर्खेतका प्रमुख महेश देवकोटा, नेपालगञ्ज उपमहानगरपालिका शिक्षा शाखा प्रमुख गोकर्ण थापा, तीन प्रदेश (कर्णाली, सुदुरपश्चिम र लुम्बिनी प्रदेश) का बालविकास सहजकर्ता, प्रअ, विव्यस अध्यक्ष, विव्यस सदस्य लगायत प्रारम्भिक बालविकासका कन्सल्टेन्टहरुको सहभागिता रहेको थियो ।
कोहलपुर टुडेमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुकमा पनि जोडिन सक्नुहुन्छ ।











प्रतिक्रिया दिनुहोस्