कोहलपुरमा साइकल यात्रीको मृत्यु

कोहलपुर ।

बसले ठक्कर दिदाँ कोहलपुर नगरपालिका वडा नम्बर ३ मैटहवामा साइकल यात्रीको मृत्यु भएको छ । पूर्वबाट पश्चिमतर्फ जाँदै गरेको लु २ ख ५७५३ नम्बरको बसले बुधबार अपरान्ह ५ः३० बजेतिर ठक्कर दिदाँ साइकल यात्री अन्दाजी ६८ वर्षीय चन्द्रश्वर चालिसेको मृत्यु भएको हो ।

ठक्करबाट गम्भिर घाइते भएका कोहलपुर ३ निवासी चालिसेको नेपालगन्ज मेडिकल कलेज शिक्षण अस्पताल कोहलपुरमा उपचारका क्रमममा मृत्यु भएको प्रहरीले जनाएको छ । चालिसेको टाउकोमा गम्भीर चोट लागेको छ । बस चालकलाई इलाका प्रहरी कार्यालय कोहलपुरले नियन्त्रणमा लिइसकेको जनाएको छ ।