काठमाडौँ ।
राप्रपाले बागमतीका मुख्यमन्त्री शालिकराम जम्कट्टेललाई विश्वासको मत नदिने निर्णय गरेको छ । राप्रपा बागमती प्रदेश संसदीय दलको सोमबार बसेको बैठकले मुख्यमन्त्रीलाई विश्वासको मत नदिने निर्णय गरेको एक नेताले बताए ।
यसअघि राप्रपाले परिस्थिति हेरेर आवश्यक निर्णय गर्ने बताएको थियो । सत्ता गठबन्धनबाट एकीकृत समाजवादीले मुख्यमन्त्रीलाई विश्वासको मत दिने भएसँगै राप्रपाले विश्वासको मत नदिने निर्णय गरेको हो ।
कोहलपुर टुडेमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुकमा पनि जोडिन सक्नुहुन्छ ।
प्रकाशित मिति : २०८० चैत १९ गते सोमबार











प्रतिक्रिया दिनुहोस्