१९ रन बनाउँदै आउट भए बसिर अहमद




काठमाडौँ ।

कीर्तिपुरस्थित त्रिवि अन्तर्राष्ट्रिय क्रिकेट मैदानमा जारी आयरल्यान्ड ‘ए’ विरुद्धको तेस्रो तथा अन्तिम टी-२० खेलमा सोमबार नेपाल ‘ए’ ले आफ्नो चौथो विकेट पनि गुमाएको छ । नेपालले चौथो विकेटका रुपमा बसिर अहमदलाई गुमाएको हो ।

बसिर २१ बलमा तीन चौकाको मद्दतले १९ रन बनाउँदै आउट भए ।थो नम्बरमा क्रिज समाल्न आएका उनलाई आयरल्यान्डका बलर गाभिन होएले एलबीडब्लूको धरापमा पारेका हुन् । १०.२ ओभरमा बसिर अहमद आउट हुँदा नेपालले ८० रन बनाएको छ ।पालले टस हारी पहिले ब्याटिङको निम्तो पाएको हो ।

कोहलपुर टुडेमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुकमा पनि जोडिन सक्नुहुन्छ ।

प्रकाशित मिति : २०८० चैत १९ गते सोमबार