कोहलपुर।
बाँकेको कोहलपुर नगरपालिकामा क्षमता विकास तालिम सुरु भएको छ । कोहलपुर नगरपालिका १ मा अपांगता भएका व्यक्तिहरुका लागि क्षमता विकास तालिम विकास भएको हो ।
कोहलपुर नगरपालिका वडा नं. १ का वडा अध्यक्ष बद्रि प्रसाद जैसीको अध्यक्षतामा भएको कार्यक्रममा कोहलपुर नगरपालिका सामाजिक विकास समितिका संयोजक ईश्वरीप्रसाद विश्वकर्माको प्रमुख अतिथिमा क्षमता विकास तालिम सुरु भएको हो ।
सामाजिक विकास समितिका संयोजक विश्वकर्माले अपांगता भएका व्यक्तिहरुलाई नेपाल सरकारले दिएको अधिकार पूर्ण रुपमा उपयोग गर्न अनुरोध गरे । त्यसको लागि विभिन्न समयमा यस्ता क्षमता विकास तालिम लिनुपर्ने उनको भनाई थियो ।
तालिम समाज सेवा संस्था केन्द्रीय कार्यालयको सहजिकरण तथा कोहलपुर नगरपालिका १ वडाको आयोजनामा क्षमता विकास तालिम सञ्चालन भएको हो ।
कोहलपुर टुडेमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुकमा पनि जोडिन सक्नुहुन्छ ।











प्रतिक्रिया दिनुहोस्