कोहलपुर ।
हेभी इक्विपमेन्ट व्यवसायी संघ बाँकेले गत माघ १८ गते राती १० बजेको समयमा राप्तिसोनारीमा अज्ञात समुहले स्काभेटर जलाइएको घटनाप्रति खेद प्रकट गर्दै सो समूहको खोजी गरी तत्काल कारबाहीको दायरामा ल्याउन माग गरेको छ । हेभी इक्विपमेन्ट व्यवसायी संघ बाँकेका अध्यक्ष चक्रपाणी शर्माले शनिबार प्रेस विज्ञप्ति जारी गर्दै कारबाहीको माग गरेका छन् ।
राप्तिसोनारी गाउँपालिका—२ मसुरी बगरको लामाचौरमा राष्ट्रमुखी निर्माण सेवाका प्रोप्राईटर गौरव रावलले नियम संगत राजस्व रकम तिरी स्टक गरी राखेको नदी जन्य पदार्थ राप्तिसोनारी गाउँपालिकाबाट स्टक प्रमाणित समेत गराई उठाई लैजाने प्रयोजनका लागि पार्किङ गरी राखिएको भे १ क ११११ नम्बरको स्काभेटरमा अज्ञात समूहले आगजनी गरेको थियो ।

शर्माद्वारा जारी विज्ञप्तिमा ‘कानुनी शासनलाई चुनौती दिदै गरिएका यस्ता अराजक जघन्य अपराधमा संलग्न जो सुकै व्यक्ति वा समुहमाथि आवश्यक अनुसन्धान गरी तत्काल नियन्त्रणमा लिई कानुनी दायरामा ल्याई कडा भन्दा कडा कारबाही गर्नका लागि सम्बन्धित निकाय समक्ष जोडदार माग गर्दछ । साथै उक्त आगजनीबाट भएको क्षतिको उचित मूल्याकंन गरी क्षतिपूर्ति दिन समेत माग गर्दछौं ।’ भनिएको छ ।
कोहलपुर टुडेमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुकमा पनि जोडिन सक्नुहुन्छ ।












प्रतिक्रिया दिनुहोस्