किसानलाई तत्काल राहत देऊ

नेपालमा संघियता आएपछि स्थानीय तहहरुको निर्वाचन घोषणा भयो । स्थानीय निर्वाचनपश्चात गाउँगाउँमा सिंहदरबार नारा सहित राजनितिक दलका प्रनितिधिहरुको निर्वाचित भए । कृषकका छोराछोरी नै स्थानीय सरकारदेखि संघिय सरकारमा छन् । तर कृषकका कुरा कहिलै पनि सुन्दैनन् ।

हरेक कृषकका समस्या निकै गम्भिर हुन्छन् तर कृषकमा समस्याको समाधानका गर्न कोही जनप्रतिनिधि बोल्दैनन् । तर स्टेजमा नेपालमा कृषि क्रान्तिको प्रमुख भूमिका छ, नेपाल कृषि प्रधान देश हो भन्दै ठुला ठुला भाषण दिन्छन् तर कृषकका समस्या भने उस्ता कै उस्तै छन् ।बाँकेमा कार्तिक महिनाको बर्सातले ४८ हजार घरधुरी किसानको करिब २ अर्ब रुपियाँ बरावरको धान, बेमौसमी तरकारी क्षति पुग्यो ।

कृषकहरुले उत्पादन हुने खेतबाट नै घरसम्म पु¥याउन सकेनन् । अहिले किसानहरुको घरमा खानको लागि एक सिता चामल पनि छैनन । तर सरकार तथ्थांक लिएर मुखदर्शक मात्र बनेको छ । पुनः माघ महिनाको १९ देखि २१ सम्मको अप्राकृतिक वर्षातको कारण फेरि चना, मुसुरो र अरर जस्ता नगदे बालिमा क्षति पु¥याएको छ । स्थानीय सरकारदेखि केन्द्रिय सरकारहरुले कृषकका समस्याको समाधान गरी छिटोभन्दा छिटो राहतको व्यवस्था गर्ने अति आवश्यक छ ।