प्याब्सनमा आबद्ध गोर्खा स्कुलले विद्यार्थीलाई परिक्षा दिनबाट बञ्चित गरिने भन्दै अभिभावकलाई धम्की

कोही कसैलाई परिक्षाबाट बञ्चित गरिएको छैन : संस्थापक आले

कोहलपुर ।

बाँकेको कोहलपुर २ मा रहेको गोर्खा स्कुलले आफ्नो दादागिरी शैलीमा बच्चाको होल टिकट च्यात्दै अभिभावकलाई समेत धम्की दिएको गुनासो आएको छ ।

प्याब्सनमा आबद्ध गोर्खा स्कुलले केही महिनाको फिस बाँकी रहेको कारण देखाउँदै बच्चालाई परिक्षा दिनबाट बञ्चित गरिने भन्दै अभिभावकलाई समेत धम्की दिएको गुनासो आएको छ ।

कोहलपुर टुडे डटकमले अभिभावकसंग समेत कुराकानी गर्दै ‘विद्यार्थीलाई परिक्षाबाट बञ्चित नगर्नुपर्ने हो, विद्यालयको ६० प्रतिशत भन्दा बढि शुल्क समेत दिएको र बाँकी भोली दिन्छु भनेकै थिए तर पनि बच्चाको भविष्यमा माथि खेलवाड गर्नुभयो,’ उनले भने ।

कोहलपुर टुडेसंग गरिएको कुराकानीमा विद्यालयका संस्थापक केशर आललेलाई कोही कसैलाई परिक्षाबाट बञ्चित गरिएको छैन यदि कसैले काही केही गरेको भए म कारवाही भोग्न तयार भएको बताए ।