अनेरास्ववियुद्वारा काेहलपुरमा प्रधानमन्त्रीकाे पुत्ला जलायो (भिडियाे सहित)




काेहलपुर ।

नेकपा एमालेको भातृ संगठन अनेरास्ववियु बागेश्वरी एकाइ कमिटि र काेहलपुर नगर कमिटिले शनिबार काेहलपुरमा प्रधानमन्त्रीको पुत्ला जलाएको छ ।

यस्तै अनेरास्ववियु बागेश्वरी एकाइ कमिटिका अध्यक्ष रेशम ढकालले पेट्रोलियम पदार्थमा भएको मुल्य वृद्धि फिर्ता गर्नुपर्ने र स्थानिय तहको निवार्चनको मिति घोषणा गर्नुपर्ने माग राख्दै प्रधानमन्त्रीको पुत्ला जलाएको बताए ।

यस्तै अनेरास्ववियु काेहलपुर नगर कमिटिका अध्यक्ष बलिराज थापा मगरले हाम्रा मागहरु पुरा नभए आन्दोलनका कार्यक्रम गर्ने बताए । लिपुलेख, लिपियाधुरा, कालापानीमा फेरी भारतले सडक बनाउँदै छ तर नलायक सरकार टुलुटुल हेरेर बसेकाेले त्यसकाे विरूद्धमा प्रधानमन्त्रीको पुत्ला जलाएको बताए ।

यस्तै साे कार्यक्रममा युवा संघ बाँकेका इन्चार्ज खेमराज शर्मा, अनेरास्ववियु जिल्ला उपाध्यक्ष बिकल भट्टराई, अनेरास्ववियुका केन्द्रीय सदस्य सुमन घिमिरे लगायतका युवा नेताहरुको उपस्थितिमा रहेकाे थियाे ।

भिडियाे हेर्नुहाेस् ।

कोहलपुर टुडेमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुकमा पनि जोडिन सक्नुहुन्छ ।

प्रकाशित मिति : २०७८ माघ २२ गते शनिबार