कोहलपुरमा श्रीमानले गरे आफ्नै श्रीमतीको हत्या




कोहलपुर ।

बाँकेको कोहलपुर नगरपालिका—१४ पर्वतीपुरमा श्रीमानले धारिलो हतियार प्रहार गरी आफ्नै श्रीमतीको हत्या गरेका छन् ।

कोहलपुर १४ पर्वतिपुर स्थित हेम्पाईप फ्याक्ट्रीमा काम गर्दै आएका बर्दियाको बाँसगढी ४ घर भएका वर्ष २२ का अनिल विकले श्रीमती शुसिला सुनारको हत्या गरेका हुन् ।

धारिलो हतियार प्रहारबाट गम्भीर घाइते भएकी सुनारलाई उपचारको लागि नेपालगञ्ज मेडिकल कलेज कोहलपुरमा ल्याइएको र उपचारको क्रममा उनको मृत्यु भएको इलाका प्रहरी कार्यालय कोहलपुरले जनाएको छ ।

मृतकका श्रीमानलाई इलाका प्रहरी कार्यालय कोहलपुरले नियन्त्रणमा लिई अनुसन्धान भइरहेको छ ।

कोहलपुर टुडेमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुकमा पनि जोडिन सक्नुहुन्छ ।

प्रकाशित मिति : २०८० चैत १३ गते मंगलबार