कोहलपुर ।
बाँकेको कोहलपुर नगरपालिका ५ मा रहेको वेस्टर्न माविका कक्षा १० का विद्यार्थीलाई विदाई गरिएको छ । एसइइ परिक्षाको तयारीमा रहेका कक्षा १० का २७ जना विद्यार्थीहरुलाई गरिएको हो ।
उनीहरुलाई खदा, अबिर र मायाको चिनो प्रदान गर्दै विद्यालयका संस्थापक कुवेर बस्नेतले विदाई गरे ।
कार्यक्रममा विद्यालयमा प्रिन्सिपल उमेश कुमार श्रेष्ट, शिक्षक भक्ति प्रसाद शर्मा, कक्षा १० का शन्देश गौतम र रीतु भण्डारीले मन्तव्य राखेका थिए ।

कक्षा ९ का प्रसान्त शर्माको सभापतित्वमा भएको कार्यक्रममा विद्यालयका संस्थापक कुवेर बस्नेतको प्रमुख अतिथिमा विदाई कार्यक्रम भएको थियो ।
संस्थापक तथा कार्यक्रमका प्रमुख अतिथि बस्नेतले ढुक्कसंग परिक्षामा सामेल हुन अनुरोध गर्दैै कक्षाकोठामा पढेका विषयहरुलाई पुनः दोहोर्याउन आग्रह गरे । परिक्षामा बसिसकेपछि नआतिन समेत उनले अनुरोध गरे ।


कोहलपुर टुडेमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुकमा पनि जोडिन सक्नुहुन्छ ।












प्रतिक्रिया दिनुहोस्