बालशिक्षा विद्यालयका शिक्षकहरुलाई ICT तालिम




कोहलपुर ।

कोहलपुर नगरपालिका-१३ मा रहेको बालशिक्षा आधारभुत विद्यालयका शिक्षकहरुलाई ICT तालिम दिइएको छ । बालशिक्षा आधारभुत विद्यालयको आयोजनामा शिक्षकहरुलाई सो तालिम दिइएको हो ।

विद्यालयका प्रअ टर्क खत्रीका अनुसार अनलाइन माध्यमबाट सिकाईको सहजीकरण गर्नका लागि सहयोग हुने उद्देश्यका साथ यो तालिम सुरु गरिएको बताए । ‘विगतका वर्षहरुमा कोरोनाका कारणले बालबालिका शिक्षण सिकाई क्रियाकलापदेखि बाहिर थिए, अब त्यसको निराकरणको लागि बैकल्पिक सिकाईको लागि तालिम दिएका छौं’ उनले भने ।

तालिमका प्रमुख प्रशिक्षक शिक्षा तालिम रुपन्देही अंग्रेजी प्रशिक्षक होमराज खड्काले अनलाइनबाट कसरी अध्यापन गराउने भन्ने बारेमा प्रशिक्षण दिएका थिए ।

कोहलपुर टुडेमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुकमा पनि जोडिन सक्नुहुन्छ ।

प्रकाशित मिति : २०७८ माघ २१ गते शुक्रबार