Kohalpur Today Header Ads

अब एसईईमा ३५ प्रतिशत अंक नल्याए फेल




काठमाण्डौं ।

एसइईमा ३५ अंक ल्याउनुपर्ने नयाँ नियम लागू भएको छ । यसपटक राष्ट्रिय परीक्षा बोर्डले नयाँ नियम लागू गर्ने निर्णय गरेको हो ।

विगतका वर्षमा बी ग्रेडभन्दा कमका विद्यार्थीले पनि ११ र १२ कक्षामा पढ्न पाउँथे । तर, परीक्षा बोर्डको निर्णयअनुसार अब भने यो मौका पाउनेछैनन् ।

LIfe Ok

११ र १२ कक्षामा अध्ययन गर्नका लागि हरेक विषयमा न्यूनतम ३५ प्रतिशत अंक ल्याउनैपर्ने भएको छ । यदि यो भन्दा कम अंक ल्याएमा माथिल्लो तहमा अध्ययन गर्न नपाइने बोर्डका अध्यक्ष महाश्रम शर्माले जानकारी दिए ।

उनका अनुसार यसपटक विद्यार्थीले लिखितमा ३० प्रतिशत र आन्तरिक तथा प्रयोगात्मक परीक्षामा ४० प्रतिशत ल्याउनैपर्छ ।

‘नयाँ ग्रेडिङ प्रणाली लागू गरेपछि यति नम्बरचाहिँ ल्याउनैपर्छ, पुरानो ग्रेडिङ प्रणाली अन्तर्राष्ट्रियस्तरको थिएन, त्यसकारण हामीले यसपटकदेखि उक्त स्ट्यान्डर्ड मेन्टेन गर्न खोजिरहेका छौँ,’ बोर्डका अध्यक्ष शर्माले भने, ‘विद्यार्थीले यसपटक नयाँ करिकुलमअनुसार परीक्षा दिने भएकाले नतिजामा पनि सुधार हुन सक्छ भन्ने अनुमान छ ।’ १५ देखि २७ चैतसम्म सञ्चालन हुने एसइई परीक्षामा यसपटक देशभर पाँच लाख विद्यार्थी सामेल हुँदै छन् । परीक्षा नजिकिएसँगै बोर्डले तयारी तीव्र पारेको जनाएको छ ।

राष्ट्रिय परीक्षा बोर्डका अध्यक्ष महाश्रम शर्मा भन्छन्, नयाँ ग्रेडिङ प्रणाली लागू गरेपछि ३५ प्रतिशत त ल्याउनैपर्छ, पुरानो ग्रेडिङ प्रणाली अन्तर्राष्ट्रियस्तरको थिएन, त्यसकारण हामीले यसपटकदेखि उक्त स्ट्यान्डर्ड मेन्टेन गर्न खोजिरहेका छौँ । विद्यार्थीले यसपटक नयाँ करिकुलमअनुसार परीक्षा दिने भएकाले नतिजामा पनि सुधार हुन सक्छ भन्ने अनुमान छ ।

कोहलपुर टुडेमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुकमा पनि जोडिन सक्नुहुन्छ ।

प्रकाशित मिति : २०८० फागुन ३० गते बुधबार