फेसबुकका साथसाथै इन्स्टाग्राम र मेसेन्जर डाउन

फेसबुक डाउन भएको छ। नेपाली प्रयोगकर्ताहरुले अन्य सामाजिक संजालमा फेसबुक नचलेको गुनासो गरेका छन्।

अधिकांशको फेसबुक एपमा समस्या देखिएको हो। फेसबुकका साथसाथै मेटाका अन्य प्लेटफर्महरु इन्स्टाग्राम र मेसेन्जर डाउन भएको इन्टरनेट डाउन भएको रेकर्ड राख्ने वेबसाइट डाउनडिटेक्टरले उल्लेख गरेको छ।

यो समस्या हाल विश्वभर भएको देखिएको छ। अधिकांशले लगइनमा समस्या भोगेका छन भने बाँकीले एप र वेबसाइटमा समस्या आएको बताएका छन्। यसैबीच मेटाको अर्को प्लेटफर्म थ्रेड्स पनि डाउन भएको देखिएको छ।