फेसबुकका साथसाथै इन्स्टाग्राम र मेसेन्जर डाउन




फेसबुक डाउन भएको छ। नेपाली प्रयोगकर्ताहरुले अन्य सामाजिक संजालमा फेसबुक नचलेको गुनासो गरेका छन्।

अधिकांशको फेसबुक एपमा समस्या देखिएको हो। फेसबुकका साथसाथै मेटाका अन्य प्लेटफर्महरु इन्स्टाग्राम र मेसेन्जर डाउन भएको इन्टरनेट डाउन भएको रेकर्ड राख्ने वेबसाइट डाउनडिटेक्टरले उल्लेख गरेको छ।

यो समस्या हाल विश्वभर भएको देखिएको छ। अधिकांशले लगइनमा समस्या भोगेका छन भने बाँकीले एप र वेबसाइटमा समस्या आएको बताएका छन्। यसैबीच मेटाको अर्को प्लेटफर्म थ्रेड्स पनि डाउन भएको देखिएको छ।

कोहलपुर टुडेमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुकमा पनि जोडिन सक्नुहुन्छ ।

प्रकाशित मिति : २०८० फागुन २२ गते मंगलबार