नेपाल प्रहरीलाई वडा कार्यालयबाट भान्सा सामाग्री सहयोग

कोहलपुर ।

बाँकेको कोहलपुर १२ र १३ वडालाई लक्षित गरी राखिएको ५ नम्बर विटलाई १३ नम्बर वडाले भान्सा सामग्री हस्तान्तरण गरेको छ ।

आज कोहलपुर नगरपालिका १३ का वडा अध्यक्ष डम्बर बहादुर खड्काले ५ नम्बर विटका बरिष्ट हवल्दार आइतराम बुढालाई हस्तान्तरण गरिएको हो ।

वडा अध्यक्ष खड्काका अनुसार प्रहरी विटबाट भान्सामा आवश्यक सामग्री जुटाइदिन भनि निवेदन आएपछि सहयोग गरेको बताए । ग्यास चुलो, खानेपानीका जार, अन्य भाडाहरु उपलब्ध गराएको अध्यक्ष खड्काले बताए ।