कोरियन भाषाको ‘साथी शब्दकोष’ विमोचन

कोहलपुर ।

बाँकेमा २२ हजार बढि कोरियन भाषाको ‘साथी शब्दकोष’ विमोचन गरेका छन् । बिहिबार प्रशिद्ध एब्रोड स्टडि कन्सल्टेन्सीका यस्बी बुढाको सभापतित्वमा भएको कार्यक्रममा एविसी एजुकेसन सेन्टर सञ्चालक तथा कोरियन भाषा प्रशिक्षक रामकृष्ण चौधरीले विमोचन गरेका हुन् ।

पश्चिम नेपालमै पहिलो पटक कोरियन भाषाको शब्दकोष विमोचन गरीएको कोरियन भाषा प्रशिक्षक रामकृष्ण चौधरीले बताए ।

चौधरीका अनुसार कोरिया जान चाहाने व्यक्तिहरुका लागि शब्दकोष निकै उपयोगी भएको बताए । ‘यो शब्दकोष विद्यार्थीको लागि निकै उपयोगी छ,’ ‘यसले विद्यार्थीलाई भाषा पढ्न, सिक्न र सिकाउन निकै सहयोगी रहने अपेक्षा छ’ उनले भने ।

लामो समयदेखि कोहलपुरमा कोरियन भाषा प्रशिक्षण गर्दै आएका प्रशिक्षक भूपेन्द कंवरले लेखेका ‘मेरो कोरियन साथी शब्दकोष’ विमोचन गरिएको थियो । कंवर विगत एक दशक यता कोहलपुरमा कोरियन भाषा प्रशिक्षण गर्दै आएका छन् ।

ईपिएस टपिक २०२१ को नयाँ पाठ्यक्रममा आधारित १ देखि ६० सम्मका प्रत्येक पाठका सम्पूर्ण समानार्थी, विपरितार्थी, व्याकरण, शब्दार्थ, कोरियन उच्चारण सहित समेटिएको लेखक कंवरले बताए ।

‘पुस्तकमा समानार्थी र विपरितार्थी शब्दहरु छुट्टा छुट्टै समेटिएको छ,’ उनले भने, ‘कोरिया जानको लागि भाषा अध्ययन गर्ने विद्यार्थीहरुको लागि सरल हुने अपेक्षा राखेको छु ।’ वेसिक कोरियन बुक, सरल अंगे्रजी भाषा वेसिक, सरल अंग्रेजी भाषा, सरल उद्घोषण कला, गजल संग्रह प्रकाशनको तयारीमा रहेको लेखक कंवरले बताए ।

स्थानिय स्तरका भाषा प्रशिक्षार्थीहरुले आफनो पुस्तक अध्यन गरेर भरपुर फाईदा लिन सक्ने भन्दै आफनो पुस्तकलाई वजारीकरण, प्रचारप्रसार र खरिद विक्रिका निम्ति समेत सरोकारवालाहरुलाई लेखक कुंवरले आव्हान गरेका छन् । विमोचन कार्यक्रममा दिपक आलेले स्वागत मन्तव्य राखेका थिए ।