Kohalpur Today Header Ads

कोहलपुरमा भोली ‘नेक्स मोडल कोहपलुर सिजन—१’ अडिशन हुँदै




कोहलपुर । बाँकेको कोहलपुर नगरपालिकामा ‘नेक्स मोडल कोहलपुर सिजन—१’ अडिशन सुरु हुन लागेको छ । शुक्रबार बी नेक्ट्स इभेन्ट्स नेपालले पत्रकार सम्मेलन गर्दै कोहलपुरमा भोली (शनिबार) ‘नेक्स मोडल कोहलपुर सिजन—१’ अडिशन सुरु हुन लागेको हो ।

पत्रकार सम्मेलनमा बी नेक्ट्स इभेन्ट्स नेपालका निर्देशक तथा अडिशनका कोडिनेटर भरत चन्द ठकुरीले स्थानीय स्तरमा लुकेर बसेका युवा प्रतिभाहरूलाई उजागर गर्दै राष्ट्रिय तथा अन्तर्राष्ट्रिय मञ्चमा पु¥याउने लक्ष्यका साथ कोहलपुरमा पहिलो पटक ‘नेक्स मोडल कोहलपुर सिजन—१’ अडिशन गर्न लागेको बताए ।

स्काईल्याण्ड ई.मि. स्कुल
बाल ज्याेति ई.मि. सेकेन्डरी स्कुल
बागेश्वरी ई.मि. स्कुल
LIfe Ok

भोली विहान १० बजेबाट कोहलपुर ११ दशविगाह नजिकै रहेको होटल ट्रि टप हेभनमा मोडलिङ प्रतिस्पर्धा (अडिशन) का लागि दर्ता गर्न सकिनेछ ।

अडिशनमा सहभागिताका लागि १६ देखि ३० वर्ष उमेर समूहका यूवायूवतीहरुले मोडलिङ, फेसन, कला र संस्कृतिमा रुचि राख्ने नवप्रतिभाहरूमाझ उनीहरूको क्षमता उजागर गर्ने र उनीहरुलाई व्यवसायिक प्रशिक्षण समेत प्रदान गरिने फेसन डिजाइनर प्रतिभा खड्काले बताइन् ।

सो व्यवसायिक प्रशिक्षणमा र्याम्प वाक, पोजिङ, फोटोशूट, संवाद कला, पोर्टफोलियो निर्माण, फेसन गाइड जस्ता विषय समेटिएका छन् । उत्कृष्ट प्रतिभाहरुलाई ट्रफी, प्रमाणपत्रका साथै आगामी ठूला फेसन इभेन्टहरूमा प्रत्यक्ष सहभागिता गराइनेछ ।

यो अडिशनले केवल मोडलिङ प्रतिस्पर्धा मात्र नभई कोहलपुरको सांस्कृतिक, सामाजिक र आर्थिक विकाससँग प्रत्यक्ष जोडिएको चर्चित मेकअप आर्टिस्ट प्रनिता केसीले बताइन् । उनका अनुसार फेसन तथा सांस्कृतिक पर्यटनको हबको रूपमा विकास गर्ने सम्भावना समेत बोकेको बताइन् ।

काैसिल्या अस्पताल प्रा.लि.

कोहलपुर टुडेमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुकमा पनि जोडिन सक्नुहुन्छ ।

प्रकाशित मिति : २०८२ साउन ९ गते शुक्रबार