कोहलपुर ।
बालबालिकालाई बाँकेमा दादुरा–रुबेलाविरुद्धको खोप ७६ हजार ७ सय भन्दा बढीले लगाइएको छन् ।
९ महिनादेखि १५ वर्ष उमेर समूहका १ लाख ६५ हजार ५ सय ६६ जना बालबालिकालाई दादुरा–रुबेलाविरुद्धको खोप लगाउने लक्ष्यका साथ सुरु गरिएको खोप अभियानको दुई दिनमा बाँकेमा ७६ हजार ७ सय ४३ जना बालबालिकालाई खोप लगाइएको हो ।
फागुन १३ गतेदेखि सुरु गरिएको खोप अभियान अन्तर्गत बाँकेका ८ वटै पालिकामा खोप लगाउन थालनी गरिएको स्वास्थ्य कार्यालय बाँकेका सूचना अधिकारी नरेशबाबु श्रेष्ठले जानकारी दिए ।
श्रेष्ठका अनुसार सबैभन्दा बढी कोहलपुर नगरपालिकामा २० हजार ९ सय ९४ जना बालबालिकाले खोप लगाएको छ भने सबैभन्दा कम नरैनापुरमा ३ हजार ६ सय १६ जनाले खोप लगाएको जानकारी दिएका छन् ।
यस्तै नेपालगन्जमा १३ हजार ३ सय १७ जना, खजुरामा ११ हजार ९ सय ५५ जना, डुडुवामा ६ हजार ७७१ जना, राप्तीसोनारीमा ८ हजार ३०५ जना, बैजनाथमा ७ हजार ७८१ र जानकीमा ४ हजार ४ जना बालबालिकाले खोप लगाएका छन् ।
नेपालगन्ज उपमहानगरपालिकामा ४२ हजार २७०, कोहलपुर नगरपालिकामा २५ हजार ७१३, बैजनाथ गाउँपालिकामा १९ हजार २२३, राप्ती सोनारी गाउँपालिकामा १८ हजार ६६१, जानकी गाउँपालिकामा १८ हजार १४९, डुडुवा गाउँपालिकामा १३ हजार ७५५ र नरैनापुर गाउँपालिकामा १३ हजार ७७६ जना बालबालिकालाई दादुरा–रुबेला खोप लगाउने लक्ष्य रहेको छ ।
सो अभियान अन्तर्गत नौ महिनादेखि पाँच वर्ष मुनिका ४८ हजार ८०१ जना र पाँच वर्षदेखि १५ वर्ष मुनिका एक लाख १६ हजार ७६५ जना बालबालिकालाई खोप लगाइने छ ।
खोप अभियानका लागि जिल्लाभरी एक हजार २९६ जना स्वास्थ्यकर्मी खटिएका छन् । एक हजार २७३ जना महिला स्वास्थ्य स्वयमसेविका परिचालन भएका छन् । त्यसैगरी ४०५ जना विद्यालय शिक्षक पनि परिचालित छन् ।
कोहलपुर टुडेमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुकमा पनि जोडिन सक्नुहुन्छ ।












प्रतिक्रिया दिनुहोस्