काठमाडौँ ।
नेपाली बजारमा आज सुनचाँदीको मूल्य घटेको छ। बुधबार प्रतितोला ४०० रुपैयाँ बढेको सुनको मूल्य आज प्रतितोला ४०० सय रुपैयाँ नै घटेको हो।
नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएअनुसार आज छापावाल सुन प्रतितोला १ लाख १८ हजार रुपैयाँ र तेजाबी सुन प्रतितोला १ लाख १७ हजार ४५० रुपैयाँमा कारोबार भइरहेको छ।
बुधबार छापावाल सुन प्रतितोला १ लाख १८ हजार ४०० रुपैयाँ र तेजाबी सुन प्रतितोला १ लाख १७ हजार ८५० रुपैयाँमा कारोबार भएको थियो।
आज चाँदी प्रतितोला १ हजार ४०० रुपैयाँमा कारोबार भइरहेको छ।
कोहलपुर टुडेमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुकमा पनि जोडिन सक्नुहुन्छ ।











प्रतिक्रिया दिनुहोस्