कोहलपुर ।
बाँकेको कोहलपुर नगरपालिका ५ मा रहेको व्रिज इन्टरनेशनल स्कुलमा फाउन्डर कपको उपाधि यल्लो हाउसले जितेको छ । ‘स्वास्थ्यका लागि खेलकुद, राष्ट्रिका लागि खेलकुद’ भन्ने मुल नाराका साथ सुरु भएको ‘तेस्रो फाउन्डर कप तथा स्पोर्टस मिट—२०८०’ को उपाधि यल्लो हाउसले जितेको हो ।
विद्यालय व्यवस्थापन समितिका अध्यक्ष शिव कुमार पौडेलको सभापतित्वमा भएको कार्यक्रममा लुम्बिनी प्रदेश बाँके जिल्ला क्षेत्र नं. १ (ख) का प्रदेश सभा सदस्य तथा पूर्व वन मन्त्री दुर्गा प्रसाद चौधरीको प्रमुख आतिथ्यतामा ‘तेस्रो फाउन्डर कप तथा स्पोर्टस मिट—२०८०’ सुरु भएको हो ।
‘तेस्रो फाउन्डर कप तथा स्पोर्टस मिट—२०८०’ मा भलिबल, फुटबल, फुटसल, म्यूजिकल चियर, १ सय र २ सय मिटर दौड भएको थियो । सो खेलमा यल्लो हाउसले उत्कृष्ट प्रर्दशनी गर्दै उपाधि जित हासिल गरेको थियो ।

वेष्ट किपर एलन थापा र निशान खत्रीलाई दिइएको थियो भने वेष्ट अफ द टुनामेण्टमा निरज बमलाई सम्मान सहित ट्रफि प्रदान गरिएको थियो ।
कार्यक्रममा बोल्दै लुम्बिनी प्रदेश बाँके जिल्ला क्षेत्र नं. १ (ख) का प्रदेश सभा सदस्य तथा पूर्व वन मन्त्री दुर्गा प्रसाद चौधरीले बालबालिकालाई चौतर्फी विकासमा टेवा पुर्याउन फाउन्डर कपले निकै ठुलो भूमिका खेल्ने बताए ।
विद्यालय व्यवस्थापन समितिका अध्यक्ष शिव कुमार पौडेलले कार्यक्रमलाई भव्य रुपमा सम्पन्न सहयोग गर्नुभएका सम्पूर्ण प्रमुख अतिथि, विशेष अतिथि, अतिथि, अभिभावक, विद्यार्थीहरुलाई धन्यवाद दिए ।

कार्यक्रममा जिल्ला समन्वय समिति बाँकेका उपप्रमुख सीता कार्की, इप्रका कोहलपुरका प्रमुख सुन्दर तिवारी, नेपाल एपिएफ स्कुलका कार्यरत शसस्त्र प्रहरी नायव उपरीक्षक सुरज खड्का, कोहलपुर वडा नं. ५ का वडा अध्यक्ष दिपेन्द्र श्रेष्ठ, नगर शिक्षा शाखामा प्रमुख राम बहादुर हमाल, मध्यपश्चिम विश्वविद्यालय बागेश्वरी बहुमुखी क्याम्पसका प्रमुख दान बहादुर हमालले आफ्नो मन्तव्य राखेका थिए भने विद्यालयका शिक्षक चन्द्र पंगालीले कार्यक्रम सञ्चालन गरेका थिए ।

बालबालिकाले विभिन्न किसिमका नाटक, नृत्य र साँस्कृति कार्यक्रम गरिएको थियो भने अभिभावकहरुले समेत भलिबल र कुर्सी दौड प्रतियोगिता समेत भएको भाइस प्रिन्सिपल सुमित डाँगीले जानकारी दिए ।


कोहलपुर टुडेमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुकमा पनि जोडिन सक्नुहुन्छ ।











प्रतिक्रिया दिनुहोस्