त्रिविको उपकुलपतिमा ३ जनाको नाम सिफारिस

काठमाडौं ।

शिक्षामन्त्री अशोक राई नेतृत्वको सिफारिस समितिले त्रिभुवन विश्वविद्यालयको उपकुलपतिमा तीन जनाको नाम सिफारिस गरेको छ ।

समितिले चित्रबहादुर बुढाथोकी, टंकनाथ धमला र केशरजंग बरालको नाम उपकुलपतिका लागि सिफारिस गरेको समिति स्रोतले जनाएको छ।

सिफारिस समितिले त्रिवि उपकुलपतिमा दरखास्त आह्वान गर्दा ४३ जनाले निवेदन दिएका थिए । तीमध्येबाट समितिले १४ जनाको नाम सर्टलिस्टमा राखेको थियो।

उनीहरुको प्रस्तुति र अन्तर्वार्तापछि तीन जनाको नाम प्रधानमन्त्री तथा त्रिविका कुलपति पुष्पकमल दाहाल प्रचण्डलाई सिफारिस गरेको हो । अब प्रधानमन्त्री प्रचण्डले तीनमध्ये एक जनालाई त्रिविको उपकुलपति नियुक्त गर्नेछन् ।