Kohalpur Today Header Ads

जनज्योति पब्लिक स्कुलमा अक्षरारम्भ गरी मनाइयो सरस्वती पूजा




कोहलपुर ।

बाँकेको कोहलपुर नगरपालिका २ मा रहेको जनज्योति पब्लिक स्कुलले अक्षरारम्भ गरी सरस्वती पूजा मनाएको छ ।

जनज्योति पब्लिक स्कुलका विव्यस अध्यक्ष पूर्ण बहादुर चन्दको अध्यक्षतामा फन फियर कार्यक्रम तथा अक्षरारम्भ गरी सरस्वती पूजा मनाइएको हो ।

LIfe Ok

यस्तै फन फियर कार्यक्रममा कक्षा नर्सरीदेखि १० कक्षासम्मका बालबालिकाको साँस्कृतिक कार्यक्रम गरिएको थियो ।

बालबालिकाको उद्यमशिलता, सिर्जनात्मक तथा रचनात्मक ग्याम खेली जित हासील गर्न सक्ने कला पहिचान गर्ने उद्देश्यले १० स्टल निर्माण गरेको विद्यालयका प्रिन्सिपल जनक चन्दले बताए ।

१० स्टल मध्ये २ स्टलमा भने आफूले बनाएका परिकार राखिएको थियो अन्य ८ स्टलमा विभिन्न ग्यामहरु राखिएको थियो ।

लकी नम्बर ७, घर बनाउने, आँखा बन्द गरी पत्ता लगाउने, लकी व्यक्ति, रिङ्ग र टाइ (२० सेकेण्ड)सारी लगाउने खेलहरु खेलेका थिए ।

फन फियर कार्यक्रममा संस्थापक बेगम चन्द, कार्यक्रमका संयोजक शालिकराज शर्मा र उप-संयोजक दिपा कुमारी सिंह रहेकी थिए । कार्यक्रममा अभिभावक, विद्यार्थी, शिक्षक कर्मचारी लगायतको उपस्थिति रहेको थियो ।

कोहलपुर टुडेमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुकमा पनि जोडिन सक्नुहुन्छ ।

प्रकाशित मिति : २०८० फागुन २ गते बुधबार