भगवती पोख्रेल, कोहलपुर ।
मध्यपश्चिम विश्वविद्यालयको आंगिक क्याम्पस वागेश्वरी बहुमुखी क्याम्पस कोहलपुरले सरस्वती पुजा मनाएको छ । विद्याकी खानी सेतो हांसमा चढेकी सेतो वस्त्र धारण गरेकी सरस्वतीको आज देशभरका विभिन्न शैक्षिक संस्थाहरूले भव्य रूपमा पुजा अर्चना गरिएको छ ।

विद्यालय, विश्वविद्यालय वा महाविद्याल्य र शैक्षिक संस्थामा आजका दिन सरस्वती लाई ज्ञानकि खानी मात्र होइन विद्याकी खानीका रूपमा विद्यार्थी, शिक्षक, गरुबर्गहरु, विद्यालयका कर्मचारीहरु सबैले विहानै देखि पुजा अर्चना गर्ने प्रचलन छ ।
वागेश्वरी बहुमुखी क्याम्पस कोहलपुरले भव्य रूपमा सरस्वती पुजा लाई सम्पन्न गरेको छ । एका विहान देखि क्याम्पसका क्याम्पस प्रमुख दान बहादुर हमाल, प्राध्यापक, कर्मचारी, विद्यार्थी र पुर्व विद्यार्थीहरुले भव्य रूपमा सरस्वती पुजा गरेको उप प्राध्यापक एकराज शर्माले जानकारी दिए ।
सरस्वती पुजाको अवसर पारेर क्याम्पसले विद्यार्थीहरु विच घैटोफोर कार्यक्रम समेत गरेको प्रशासकिय अधिकृत वेदराज लम्सालले जानकारी दिए । क्याम्पसमा क्याम्पस परिवार मात्र नभई वरपरका विद्यार्थी एवम् अभिभावक समेत आई पुजा गर्ने गरेको निवर्तमान क्याम्पस प्रमुख शिशिर कुमार शर्माले जानकारी दिए । यस खालको कार्यक्रम नियमित हुदै आएको छ ।

कोहलपुर टुडेमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुकमा पनि जोडिन सक्नुहुन्छ ।











प्रतिक्रिया दिनुहोस्