कोहलपुरबाट बर्दिया जाँदै गरेको स्कुल बस पल्टिदा ७ जना विद्यार्थी घाइते

काेहलपुर ।

बर्दियाको बासगढी नगरपालिका ८ लक्ष्मणा नजिकै स्कुल बस दुर्घटनामा परेको छ । मधुवन नगरपालिका वडा नं.१ सुर्यपटुवास्थित त्रिभुवन माध्यामिक बिद्यालयको भे १ ख २२४४ नम्वरको बस दुर्घटनामा परेको बताइएको छ ।

दुर्घटनामा घाइते भएका ७ जनालाई बासगढी स्थित कौशिल्या अस्पतालमा पु¥याइएको छ । तीमध्ये ४ जना उपचार पछि घर फर्किएपनि अन्य ३ जनाको अस्पतालमा उपचार भइरहेको अस्पतालका निर्देशक शंकर न्यौपानेले जानकारी दिनुभयो ।

उनीहरु प्राक्टिकलका लागि कोहलपुरमा सेन्टरप्लाजामा आएको बताइएको छ । फर्किनेक्रममा स्कुल बस दुर्घटनामा परेको हो ।