नक्कली प्राध्यापक भएपछि आवेदन नै खारेज

काठमाडौं।

त्रिभुवन विश्वविद्यालयको नयाँ उपकुलपतिका लागि आवेदन दिएका मध्ये एक जना प्राध्यापक नै नभएको फेला परेपछि उनको निवेदन खारेज गरिएको छ । उपकुलपति हुन आवेदन दिएका एकराज ओझा प्राध्यापक नरहेको पाइए पछि उनको आवेदन खारेज गरेको शिक्षा सचिव सुरेश अधिकारीले जानकारी दिए ।

सोमबार बसेको संसदको शिक्षा, स्वास्थ्य तथा प्रविधि समितिको बैठकमा सचिव अधिकारीले उनको आवेदन खारेज गरिएको बताएका हुन् ।

‘एकराज ओझ प्रोफेसर हुनुहुदोँ रहेनछ’, अधिकारीले भने, ‘त्यसैले उहाँको निवेदन खारेज गरेका हौं ।

त्रिभुवन विश्वविद्यालयको उपकुलपतिका लागि ४१ पुरुष र २ महिला गरी ४३ प्राध्यापकले दरखास्त दिएका थिए । तर ओझाको आवेदन खारेज गरेपछि ४२ जनाको मात्र नाम स्वीकृत गरिएको सचिव अधिकारीले बताए । ४२ जनामध्ये बाट १४ जनाको मात्र नाम सर्टलिष्ट गरिएको छ । सर्टलिष्टमा परेका १४ जनाको प्रस्तुतिकरण आजदेखी सुरु भएको छ ।