काठमाडौँ ।
काठमाडौँको धापासीमा २३ वर्षीय दिपेश खड्काको हत्या गरेको आरोपमा प्रहरीले एकजनालाई पक्राउ गरेको छ । पक्राउ पर्नेको पहिचान प्रहरीले खुलाएको छैन । शनिवार राति ओखलढुङ्गा घर भएका दिपेश डेरामा मृत अवस्थामा फेला परेका थिए ।
काठमाडौँमा प्लम्बिङको काम गर्ने दीपेशलाई उनकै साथीले हत्या गरेको प्रहरीको प्रारम्भिक अनुसन्धान निष्कर्ष छ । पक्राउ परेका आरोपी पनि मिस्त्री हुन् ।
उनलाई धारिलो हतियार प्रहार गरेर हत्या गरेको प्रहरीको प्रारम्भिक अनुसन्धान निष्कर्ष छ । घटनाबारे पत्रकार सम्मेलन गरेर जानकारी गराइने जिल्ला प्रहरी परिसर काठमाडौँका एसपी कुमोध ढुङ्गेलले बताए ।
कोहलपुर टुडेमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुकमा पनि जोडिन सक्नुहुन्छ ।











प्रतिक्रिया दिनुहोस्