महिला राष्ट्रिय क्रिकेटमा आज पनि दुई खेल हुने

कोहलपुर ।

बाँकेको कोहलपुरमा जारी सुशील कोइराला मेमोरियल अन्डर नाइन्टिन महिला क्रिकेट प्रतियोगिता अन्तर्गत आज पनि दुई खेल हुने भएका छन् । बागमती र सुदूरपश्चिम तथा गण्डकी र लुम्बिनी प्रदेशबीच प्रतिस्पर्धा हुने छ ।

विहान ९ः३० बजे हुने पहिलो खेलमा बागमती र सुदूरपश्चिम आमनेसामने हुनेछन् भने दिउँसो १ः३० बजे हुने दोस्रो खेलमा गण्डकी र लुम्बिनी प्रदेश बीच प्रतिस्पर्धा हुनेछ । यसअघि हिंजो भएको खेलमा बागमती प्रदेश र कोहलपुर मेयर–११ विजयी भएका थिए ।

बागमती प्रदेशको पहिलो जीत हो भने कोहलपुर मेयर–११ को भने लगातार दोस्रो जीत हो ।

बागमती र कोहलपुर मेयर–११ प्रतियोगिताका उपाधी दावेदार टीम हुन् । कोहलपुर नगरपालिकाको आयोजना, कोहलपुर नगर खेलकुद विकास समितिको व्यवस्थापन र नेपाल क्रिकेट संघ (क्यान)को सहकार्य र प्राविधिक सहयोगमा जारी प्रतियोगिता फागुन ३ गते सकिनेछ ।

प्रतियोगितामा पाँच टीमको सहभागिता रहेको प्रतियोगिता संयोजक चिन्तामणी धितालले जानकारी दिए ।