कोहलपुर बागेश्वरी ईमिले मनायो भव्य उत्सव (उत्कृष्ट ५० तस्विर)




कोहलपुर ।

बाँकेको कोहलपुर नगरपालिका ३ मा रहेको कोहलपुर बागेश्वरी ईमि स्कुलका बालबालिकाले भव्य उत्सव मनाएका छन् ।

आइतबार ‘हामी हाम्रो बच्चाको उज्वल भविष्य बनाउँछौं’ भन्ने मुल नाराका साथ भएको कक्षा नर्सरीदेखि कक्षा ३ सम्मका बालबालिकाहरुले आफ्नो क्षमता अभिबृद्धि गर्ने उद्देश्यले भव्य उत्सव मनाएका हुन् ।

भव्य उत्सव कार्यक्रममा बागेश्वरी ईमी स्कुलका प्रिन्सिपल कलाधर चापागाईंले विद्यार्थीलाई अध्ययनमा मात्र सिमित नराखेर उनीहरूमा भएको क्षमतालाई चिनाउने उद्देश्यले यो कायर्यक्रम गरिएको बताए ।

‘लेख्नु र पढ्नु मात्रै अध्ययन होइन,’ उनले भने, ‘अतिरिक्त क्रियाकलापमा सहभागी हुनुपनि सिकाईको माध्यम हो ।’ भव्य उत्सवमा बालबालिकाहरुका अभिभावकहरु समेत उपस्थितिमा कला, क्षमता र सिर्जनात्मक अभ्यासहरु समेत प्रस्तुत गरेको प्रिन्सिपल चापागाईँले बताए ।

बागेश्वरी स्कुलले स्थापनाकालदेखि गुणस्तरीय शिक्षा र व्यवहारिक ज्ञान प्रदान गर्दै आइररहेको छ । आफ्नै सुविधा सम्पन्न भवन छ भने कोहलपुरको नमुना विद्यालयको रूपमा चिरपरिचित छ । हाल स्कुलमा ११ सय विद्यार्थी अध्ययनरत छन् ।

दक्ष र क्षमतावन शिक्षक शिक्षिका छन् । ती मध्ये करिब १० जना मास्टर डिग्री उर्तिण छन् भने १५ जना स्नातक तह पास गरेका छन् । स्कुलले २०७९ को एसईईमा कोहलपुरका मावि मध्ये तेस्रो स्थान हासिल गरेको छ । क्रिसा खेलकुदमा माध्यामिक तहतर्फ समेत प्रथम भएको हो ।

विद्यार्थीहरूले अंग्रेजी र नेपालीमा स्पिच, बाल गीत, एकल तथा संयुक्त गरि २१ वटा प्रस्तुति प्रस्तुत गरिएको थियो । वेष्ट टिचर अफ २०८० गोमा आचार्यलाई पुरस्कृत गरिएको थियो ।

मेयर कप र जिल्लामा गोल्ड मेडल प्राप्त गरेको छ भने पेन्टिङ र गायनमा समेत प्रथम भएको थियो । नर्सरीमा अध्ययनरत ९० प्रतिशत विद्यार्थीको नम्बर प्लस रहेको छ । स्कुलको अध्ययन विधि मन्टेश्वरी रहेको छ । निकट भविष्यमा मोबाइल एप्स प्रयोग गरिने प्रिन्सिपल चापागाईँले बताए ।

यस्तै कोहलपुर बागेश्वरी ईमि स्कुलका संस्थापक विष्णुप्रसाद केसीले साना बालबालिकाहरुको क्षमता अभिबृद्धि गर्ने उद्देश्य र आफ्नो कला अभिव्यक्त गर्न सिक्नका लागि यो कार्यक्रमको आयोजना गरेको बताए । हरेक बालबालिकासंग आफ्नो क्षमता हुन्छ त्यसलाई बाहिर ल्याउन यस्ता कार्यक्रमले निकै प्रभावकारी भूमिका खेल्ने उनी विश्वस्थ छन् ।

बालबालिकाहरुले प्रर्दशन गरेको कला, क्षमता देखेर आफू दंग परेको बताउँदै अभिभावकहरुलाई आफू र विद्यालयप्रति गरेको विश्वास, माया र सहानुभूतिलाई कहिलै कम हुन नदिने स्कुलका संस्थापक केसीले प्रतिबद्धता व्यक्त गरे ।

आगामी दिनमा समेत नयाँ नयाँ शैक्षिक गतिविधिहरुमा आफ्नो क्षेत्र बृहत बनाउने योजना रहेको भन्दै सबै अभिभावकलाई फागुन २ गते विद्यालयमा आफ्ना बालबालिका निःशुल्क रुपमा भर्ना गर्न लागेको हुँदा बालबालिकालाई लिएर आउनुहुन समेत अनुरोध गरे ।

यस्तै १५औं राष्ट्रपति रनिङ शिल्डमा प्रथम हुने सन्दिप शाहीलाई प्रशिक्षक निमप्रसाद खनालले व्यक्तिगत रुपमा नगद १५ सय रूपैयाँ दिएर सम्मान गरेका हुन् ।

     

 

यो भिडियोलाई शेयर गरौं, अभिभावकसम्म पुर्याऔं । https://fb.watch/q9ig9G-QFh/

 

 

कोहलपुर टुडेमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुकमा पनि जोडिन सक्नुहुन्छ ।

प्रकाशित मिति : २०८० माघ २९ गते सोमबार